Wednesday, January 22, 2025

होली पर्व सभ्य, शिष्ट रुपमा मनाउन प्रहरीको आग्रह

पछिल्लाे समाचार


रौतहट १ चैत । सभ्य एवं सुरक्षित रुपमा होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुरोध गरेको छ ।
होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाऔ भन्दै प्रहरीले आग्रह गरेको हो ।
आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेलौं,भाँग, गाँजा, वा कुनै किसिमको नसालु पदार्थ सेवन नगरौं,होली पर्वको नाममा जाँड रक्सिको सेवन गरी उच्छृङ्खल क्रियाकलापहरु नगरौं ,असभ्य र अश्लिल होलीका गितहरु नबजाऔं, ध्वनि प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा बाजा, माईक आदिको प्रयोग नगरौं ,कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी फाल्ने जस्ता कार्यहरु नगरौं , महँगा गरगहना लगाई होली नखेलौं , ट्राफिक नियमको पूर्ण पालना गर्दै मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं ,अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगरौं , रेलिङ नभएको छत तथा सडक तथा भीडभाड हुने स्थानमा होली नखेलौं ,साझ अवेलासम्म होली नखेलौं ,कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल प्रहरी खवर गर्न आग्रह गरिएको प्रवक्ता एवं सूचना अधिकारी डिएसपी एलिजा गिरीले बताएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु