रौतहट ६ चैत । डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको विभिन्न वन क्षेत्रमा डडेलो लागेको छ ।
डडेलो नियन्त्रण गर्ने तर्फ वन कर्मचारीले कुनै चासो नलिँदा वनमा डढेलो फैलने खतरा बढेको सरोकारवालाहरु बताउछन ।
डढेलो नियन्त्रणका लागि सम्बन्धित निकायबाट डिभिजन वन कार्यालयमा आएको रकम कर्मचारीले हिनामिना गर्ने गरेकाे जानकारहरु बताउछन ।
स्थानीय सञ्चारमाध्यमलाई डडेलो नियन्त्रण सम्बन्धी सूचना दिनुपर्ने र सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने
सरोकारवालाहरुको धारणा छ ।
रौतहटको वनमा लागेको डडेलोका कारण वन्यजन्तु जोखिममा पर्ने गरेका छन ।
डिभिजन वन कार्यालय रौतहटका डिएफओ शैलेन्द्रकुमार मिश्र र बन कार्यालयका विकास फाँटमा कार्यरत कर्मचारीहरूले डडेलो नियन्त्रणका लागि आएको पैसा आफू हिनामिना गर्दै आएको गुनासो छ ।
डडेलो लाग्न नदिन विभिन्न कार्यक्रम गर्दै आएको बन कार्यालयले दावी गर्दै आएको छ ।