रौतहट १ चैत । रौतहट बचत तथा ऋण सहकारी संघकाअध्यक्ष बिभु पोखरेलको नेतृत्वमा जिल्लामा रहेका विभिन्न सहकारीहरुमा पुगि घुम्ती बैठक गरिएको छ ।
सो क्रममा परोहा नपा.-५भेडियाहीमा रहेको जिविकोपार्जन साकोस,परोहा नपा-५मा रहेको लोकहित साकोस,परोहा नपा -५ मा रहेको पुजनिय साकोस,यमुनानगर गापा-२ मा रहेको बिजय लक्ष्मी साकोसहरुका कार्यलयमा भएको घुम्ती बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा संघका उपाध्यक्ष राम बिश्वास पासवान महासचिव देव बहादुर सापकोटा,सचिव, बसन्त आचार्य,कोषाध्यक्ष नरेन्द्र राना मगर,सदस्यहरु रामाकान्त पटेल,कल्पना दाहाल,दुर्गा दाहाल ब्यबस्थापक नेवालाल राम सहितको उपस्थिति मा घुम्ती बैठक सम्पन्न भएको छ ।
बैठकमा साकोसहरु कसरी चलेका छन, सहकारी निति,विधि,ऎन कानुन लाई पालना गरेका छनकी छैनन् भन्ने बस्तुस्थिती बुझी संघको तर्फबाट सल्लाह सुझाव दिई घुम्ती बैठक सम्पन्न भएको छ ।
साकोसका संचालक समितीका अध्यक्ष,तथा संचालक समिती तथा ब्यबस्थापक लगायत अन्य कर्मचारीलाई संघको तर्फबाट धन्यवाद दिएको सचिव आचार्य ले जनाएका छन ।