Sunday, February 2, 2025

राजनितिक अस्थिरताको जड प्रचण्ड :डा. डिला संग्रौला

पछिल्लाे समाचार

रौतहट १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाली कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै पार्टी संग गठबन्धन नगर्ने बताएकि छन्।
काङ्ग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र जनताले बुझेको भन्दै प्रतिक्रियाबादीहरुको चलखेलको जनताले मुल्यांकन गर्ने बताईन ।
उनले बर्तमान राजनिति अस्थिरताको जड प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड भएको समेत उनले जिकिर गरिन ।
बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएको धारणा राखेकी छिन ।
सुन तस्करी र सहकारी पीडितलाई न्याय दिनुपर्ने र कारवाहीको दायरामा ल्याउनुपर्ने उनको जोड छ ।
सहकारी ठगीमा गृह मन्त्री रवि लामिछानेमाथि पनि उजुरी परेकोले राजीनामा गर्नुपर्ने कांग्रेसको माग रहेको उनले बताईन ।
मधेश जागरणको अभियानलाई लिएर बिभिन्न जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दिदै हिडेकी उनी काँग्रेसको संगठनलाई ग्रासरुटमा पूर्ननिर्माण र पूर्नताजगी दिलाउदै हिडेको उनले कार्यक्रममा बताईन् । प्रेस युनियन काँग्रेसको सुभेच्छुक संस्था भएको हुदा संस्थालाई चलायमान र गतिशील बनाउन स्थानिय नेतृत्वको भुमिका महत्वपूर्ण हुने बताउदै सबैले सहयोग र साथ दिन आबश्यक रहेको केन्द्रीय सदस्य संग्रौलाको रहेको छ ।
जनताको मुद्दालाई सम्बोधन गर्न कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने उनले पत्रकारहरुलाई सुनाएकी छन् । कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ । काँग्रेसले अब प्रतिपक्षको भुमिका सशक्त ढंगले निर्बाह गर्दै रचनात्मक कार्यमा समेत लाग्ने उनले बताइएन् ।
पत्रकार भेटघाटमा संचारकर्मीहरु सहित नेपाली काँग्रेस मधेश प्रदेश सदस्य सूर्य बहादूर थापा, नेपाल थारु संघका केन्द्रीय सदस्य मनोज चौधरी, नेबिसंघ जिल्ला सभापति अधिकार लामिछाने लगायत नेपाली काग्रेसका बिभिन्न तह का नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु