Wednesday, January 22, 2025

रगत नबन्ने रोग लागेकी युवतीको निशुल्क उपचार

पछिल्लाे समाचार


रौतहट १३ चैत । चन्द्रपुर अस्पताल र चन्द्रोदय साकोसले चन्द्रपुर-२ नयाँ बस्ती की एक बिरामी युवती को सम्पुर्ण उपचार खर्च सहयोग गर्ने भएको छ ।
२३ बर्षिया बिष्णु माया पाख्रिन लाई चन्द्रोदय साकोस र चन्द्रपुर अस्पताल प्रालिले निशुल्क उपचार गरीदिने सम्झौता गरेको छ ।
चार बर्ष देखि शरीरमा रगत नबन्ने रोग(Aplastic Anemia) बाट ग्रसित बिरामीको आर्थिक अवस्था नाजुक रहेको र उपचार गर्न पैसा नहुदा पाख्रिन परिवार ले समस्या भोग्दै आएका थिए।
बिरामीको लागि प्रत्येक ३/३ महिनामा आवश्यक पर्ने रगत र उपचार , ओषधी “चन्द्रोदय साकोस” र “चन्द्रपुर अस्पताल प्रालिले” निशुल्क गर्ने सहमती भएको हो ।
चन्द्रोदय साकोसको तर्फबाट अध्यक्ष बसन्त कुमार आचार्य तथा चन्द्रपुर अस्पतालको तर्फबाट प्रमुख डा.सुवास कुमार चौधरी द्वारा “निशुल्क प्रमाणपत्र ” बिरामीका आफन्त लाई हस्तान्तरण गरिएको चन्द्रोदय साकोसका अध्यक्ष आचार्यले बताएका छन ।
चार बर्ष देखि बिभिन्न अस्पतालमा उपचार गर्दा घर घरेडी , बाख्रा, कुखुरा बेचेको पछिल्लो दिनमा रगत चढाउने र उपचार गर्ने रकम नहुदा आफू हरु समस्यामा रहेको बिरामीकी आमा मनुमाया पाख्रिन ले बताइन ।
छोरीको उपचार गर्न सहयोग पाएपछि छोरी लाई बचाउने आँशा बढेको भन्दै मनुमायाले खुशी ब्यक्त गरेकी छिन ।
बिरामी लाई आवश्यक रगत, ओषधी, बेड , उपचार निशुल्क गर्ने सहमती भएको डाक्टर चौधरीले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु