रौतहट, २१ फागुन । रौतहटको मौलापुर नगरपालिकाको पतौरा मा महादेव मन्दिर नजिक उत्खनन गर्दा अनौठा संरचनाहरु फेला परेको छ ।
महादेव मन्दिर देखि २ सय मिटर उत्तरमा २०७५ साल देखि उत्खनन भईरहेका स्थानमा सयौ बर्ष पुरानो भग्नावशेष फेला
परेको छ ।
भारतीय पुरात्तात्विक विदका अनुसार प्राचिन विश्वमा इजिप्टको पिरामिड भन्दा पुरानो एलेक्स डेराई को समयको पर्खालहरु रहेको तथ्य बताएको मौलापुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन ।
जमिनको सतह देखि दुई मिटर तल पुरानो संरचना को अवशेष भेटीएको ह ।
अवशेषहरु देखिएपछि नेपालको पुरात्तात्विक विभागबाट रिटायर्ड भएका व्यक्तिहरुलाई राखेर निरन्तर उत्खनन भईरहदा स्थानीय केहीले अवरोध पछि उक्त दुई कत्ठा जग्गा नगरपालिकाले खरिद गरेर पुरात्तावित्व महादेव मन्दीरको नाममा पास गरेपछि थप उत्खनन गर्दा प्राचित समयको अवशेष फेला पर्न थालेको अधिकृत साहले जानकारी दिए ।
उत्खनन कार्यमा संलग्न पुरात्तात्विक विद विराज थापाको अनुसार आफू निरन्तर रुपमा विगत पाँच बर्ष देखि उत्खनन कार्य गर्दै आईरहेको भएपनि यस्तो अवशेष एवं महत्व बोकेका सम्पदाहरु नेपालमा कहि कतै नभेटिएको दाबी गरेका छन ।
उत्खनन सुरु भएको एक बर्ष पछि जर्मन पुरात्तात्विक विशेषज्ञ अग्रीमले धेरै पुरानो सभ्यताको भग्नावेशहरु रहेको ले विशेष सुरक्षा दिएर उत्खनन गर्न सुझाव दिएका छन ।
संरक्षण र पुनर्निर्माणमा संघिय सरकारको ध्यान नजानु निकै दुखद विषय भएको हुँदा समयमै ध्यान पुर्याएर यस्ता सम्पत्तीको संरक्षण गर्न राज्यले अग्रसरता देखाउनुपर्ने मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साहको भनाइ छ ।
सो स्थानमा हुने मधानी महायज्ञ तथा महोत्सव कार्यक्रमको सम्पूर्ण तयारी मौलापुर मधानी महायज्ञ आयोजक समितिले जनाएको छ ।
मधानी महोत्सव-२०८० लाई भव्य बनाउन समिति र उपसमितिहरु बनाइएको छ ।
पतौरा महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचिकृत गराउने उदेश्यले आयोजित मधानी महायज्ञ तथा महोत्सव मा फागुन २३ गते ३ बजे शिव बारात यात्रा, २४ गते ११ बजे मधानी बिशेष पुजा, २५ गते सांस्कृतिक बिशेष कार्यक्रम, २६ गते अन्तर्राष्ट्रीय दंगल प्रतियोगिता आयोजना हुने छ ।