रौतहट २४ फागुन। डिभिजन वन कार्यालय रौतहटको समन्वयमा सामुदायिक वनले काठ लिलामको लागि सूचना निकाले पछि टेन्डड फारम खरीद गर्न जादा एक युवक लाई बन कार्यालयले पक्राउ गरेको छ ।
फाराम लिन पुगेका चन्द्रपुर नगरपालिका वडा नं. २ का विक्रम लामालाई वन कर्मचारीले पक्राउ गरी हिरासतमा राखेको छ ।
वन कार्यालयमा टेण्डरको फाराम लिन जाँदा सर्वसाधरण पक्राउ पर्नु पर्ने घटना निन्दनीय भएको भन्दै राष्ट्रिय यूवा संघ नेपाल रौतहटले जनाएको छ ।
नेकपा एमाले को जन संगठन राष्ट्रिय युवा संघले एक विज्ञाप्ती जारी गर्दै पक्राउ परेका लामालाई विना सर्त रिहा गर्न माग गरेको छ ।
चन्द्रपुर नगरपालिकाका वडा नम्बर २ स्थित महादेवस्थान सामुदायिक वनका अध्यक्ष केशव पुलामी र वन अधिकृत सुरेश महत्तोको मिलेमतोमा काठको टेण्डर निकालिएको आरोप छ ।
काठको टेण्डर प्रक्रियाका बारेमा गुपचुप राखिएको अवस्थामा लामाले आवाज उठाउँदै आएको र फाराम भर्नका लागि कार्यालयमा पुगेको वेलामा पक्राउ गरिएको नेकपा एमाले जिल्ला कमिटिका सचिव बावुराम दाहालले बताएका छन ।
सामुदायिक वनका अध्यक्ष पुर्लामी र वन अधिकृत महतोले गरेको कार्य शैली निन्दनीय रहेको सचिव दाहालले बताए ।
कार्यालयमा पुगेका सेवाग्राहीलाई तानशाहको प्रवृति देखाउने वन अधिकृत महतोलाई कारवाहि गरिनु पर्ने माग छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका लामालाई विना सर्त रिहाई गर्न माग गरिएको छ ।
डिभिजन वन कार्यालय रौतहटले षड्यन्त्र पूर्वक तरिकाले राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य लामालाई पक्राउ गरेको प्रति ध्यानाकर्षण भएको नेकपा एमाले रौतहटले जनाएको छ ।
राष्ट्रिय युवा संघ नेपाल रौतहटले जारी गरेको विज्ञाप्तीमा वन कार्यालयका कर्मचारीले आफ्नो सेटिङ भत्किने डरले वनका अध्यक्ष पुलामी र कर्मचारी महतोले षड्यन्त्रपूर्वक तरिकाले डिभिजन वन कार्यालय रौतहटको कार्यालय परिसरमा टेण्डर फारम किन्न गएको बेला कार्यालय बाटै निराधार आरोप लगाएर जवरजस्ती पक्राउ गरिएको कार्यको खेद व्यक्त गर्दछौँ , बिज्ञप्तीमा भनिएको छ ।
डिभिजन वन कार्यालय रौतहटका डिभिजन वन प्रमुख शैलेन्द्र कुमार मिश्रको प्रत्यक्ष निर्देशनमा गैरकानुनी ढंगले हिरासतमा राखिएको प्रति ध्यानर्षण भएको संघले जनाएको छ ।
आफुहरुको माग पुरा नभए राष्ट्रिय युवा संघ कडा संघर्षमा उत्रन वाध्य हुने र सो बाट निस्कने कुनै पनि घटनाको जिम्मेवार डिभिजन वन कार्यालय रौतहट हुने युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबद्धारा जारी विज्ञाप्तीमा उल्लेख। छ