Wednesday, January 22, 2025

नेपाल नेत्र ज्योती संघको ४६ औं स्थापना दिवश मनाइयो

पछिल्लाे समाचार


रौतहट, १३ चैत । नेपाल नेत्र ज्योती संघको ४६ औं स्थापना दिवशको अवसरमा गौर आँखा अस्पतालद्धारा “आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम” को आयोजना गरेको छ ।
“हाम्रो कर्तब्य ,हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी” मूल नाराको साथ नेपाल नेत्र ज्योती संघ रौतहट शाखा, नेपाल गौर आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा इकाईद्धारा मंगलवार अस्पताल “आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम” आयोजना गरिएको छ ।
गौर नगरक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई जानकारी गराएर नेत्र ज्योती संघको ४६ औं स्थापना दिवश मनाइएको हो ।
गौर आँखा अस्पताल पुरेनवामा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई अस्पतालका चिकित्सक, आँखा वरिष्ठ अधिकृत, कार्यक्रम संयोजकहरुले शिक्षकशिक्षिकाहरुको माध्यमबाट विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको आँखामा देखिएको समस्या समाधान गर्न र गराउन महत्वपूर्ण भुमिका रहने कताइएको छ ।
आँखामा हुने ८० प्रतिशत रशोगलाई निर्मूल पार्न सकिने कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले बताए ।
डा. मनोजकुमार साह, आँखा विशेषज्ञ शिवकुमार यादव सहितका चिकित्सकहरुले आँखामा हुने विभिन्न विरामीलाई समयमै पहिचान कसरी गर्ने, पहिचान गरेर कहाँ पठाउने तथा आँखामा लाग्ने रोगहरुको वारेमा महत्वपूर्ण जानकारी गराएका छन।
सो कार्यक्रम नेत्र ज्योती संघ रौतहटका अध्यक्ष विजय सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्ष दुर्गा प्रसाद यादव, सचिव बच्चा यादव, सहित नेत्र ज्योती संघका पदाधिकारी तथा आँखा अस्पतालका नेत्र विशेषज्ञहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु