रौतहट, १८ फागुन । चन्द्रपुर ९ नजरपुरमा संचालन गरिएको निशुल्क आँखा स्वास्थ्य शिविरमा ४ सय १३ जना ले आँखाको परिक्षण गरिएका छन् ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल गौर द्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा आँखा परिक्षण गरेर निशुल्क चश्मा, औषधी वितरण गरिएको छ ।
आँखाको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई गौर आँखा अस्पतालमा ल्याएर शल्यक्रिया गरिने शिविर कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिएका छन
शिबिरमा १ सय २८ जना विरामीलाई औषधी, १ सय ७८ जनालाई चश्मा र ४५ जनामा देखिएको मोतियाबिन्दुका विरामीलाई लेन्स सहितको शल्यक्रिया निशुल्क रुपमा नेत्र ज्योती संघ गौर आँखा अस्पतालमा उपचार गरिने कार्यक्रम संयोजक पण्डेले जानकारी दिएका छन ।
नेपालमै शाकाहारी गाँउ बाट परिचित मधेश प्रदेश सरकारका पर्यटन मन्त्री सुनिता यादवले उक्त शिविर को उद्घाटन गरेका थिए ।