रौतहट २८ फागुन । गौर नगरपालिका वडा नं. ५ स्थित सार्बजनिक सडक खण्डमा चर्को आवाजमा अश्लिल गितहरू बजाउदै गरेको अवस्थामा प्रहरीले डिजे साउण्ड सिस्टम नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले ट्राक्टर सहितको डिजे साउण्ड सिस्टम र चालक नियन्त्रणमा लिई कानून बमोजिम कार्वाही सुरू गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट कानूनी प्रावधान सहितको प्रेस विज्ञप्ति जारी समेत गरीएको, चर्को ध्वनि सहितको डिजे साउण्ड ले मानिसहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकोले जिल्ला प्रहरी कार्यालय रौतहटले ध्वनि प्रदुषण रहित वातावरण निर्माण गर्ने अभियान थालेको छ ।