Thursday, January 23, 2025

जन्मदिनमा बृक्षारोपण अभियान संचालन

पछिल्लाे समाचार


रौतहट,३ चैत । जन्मदिनको अबसरमा बृक्षारोपण अभियान कार्यक्रम संचालन भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द प्रसाद चौलागाईले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ९ मरधरमा एक कार्यक्रमको आयोजना गरी बृक्षारोपण अभियान शुरु गरेका हुन ।


रौतहटका बनहरुबाट दिन प्रतिदिन रुख कटान तथा काठ तस्करी भइरहेको अबस्थामा सचिब चौलागाईले रौतहटमा बृक्षारोपण अभियान शुरु गरेका हुन ।
बृक्षारोपण कार्यक्रममा सचिव चौलागाईले अब हरेक नागरिकले आफनो जन्मदिनको अबसर पारेर बृक्षारोपण गर्न आग्रह गरेका छन ।
बिरुवा रोप्ने मात्रै हैन हुर्काउने जिम्मा पनि बिरुवा रोप्नेको नै हुने पत्रकार चौलागाइले बताए ।


सकरात्मक सोचका साथ यो अभियान देशब्यापी रुपमा लैजाने पत्रकार चौलागाइको भनाई छ ।
जन्मदिनको अबसरमा फजुल खर्च गर्नेहरुको संख्या बढिरहेको अबस्थामा यस्ता पुण्य काम गर्नाले समाजलाइ सकरात्मक दिशा तर्फ लैजान सहयोग पुग्ने सचिब चौलागाईको धारणा छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले बिरुवा रोप्नुको साथ साथै हुर्काउन पनि उत्तिकै जिम्मेबार हुनुपर्ने बताए ।
सचिब चौलागाईको अभियान एकदमै सकरात्मक रहेको र यस अभियानमा हरेक नागरिकहरु जोडिन केन्द्रिय सदस्य पुरीले आम नागरिकलाइ आग्रह गरेका छन ।


यस्तै सोही कार्यक्रममा जनजागृती माबि सिन्धुरेघारीका प्राचार्य शत्रुधन साहले आफनो बिद्यालयमा अध्ययन गर्ने हरेक बालबालिकालाइ यो अभियानमा समावेश गराउने प्रतिबद्धता जनाएका छन ।
यसैगरी डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिल कुमार महतोले यस्तै अभियान देशैभरी चलाउनुपर्ने धारणा राखेका छन ।
सचिव चौलागाइको अगुवाइमा चन्द्रपुर नगरपालिका वाड नं ९ मा रहेको जनजाग्रृती माबिमा पुस्ताकालय स्थापना,चन्द्रपुर नगरपालिका वाड नं १० को मुसहर बस्तीमा बिपन्न परिवारको ६ वटा घर निमार्ण,जिल्लाको बिभिन्न स्थानमा स्वास्थ्य शिबिर,सुशासन सम्बन्धी बिभिन्न कार्यक्रमहरु गरेका थिए ।


उक्त बृक्षारोपण कार्यक्रममा चन्द्रपुर उद्योग बाणिज्य संघका महासचिब जनकराज भारती,प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,प्रेस सेन्टरका रौतहट अध्यक्ष सुब्बा कार्की,प्रेस युनियनका रौतहट सचिब सागर हुमागाई लगायत ,शिक्षक,नागरिक समाजका प्रतिनिधि हरुको उपस्थीती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु