गौर ४ चैत । ट्राफिक प्रहरी कार्यालय.गौर ले ४४ वटा साना सवारी साघन लाई कार्वाही गरेको छ ।
प्र.स.नि.दिपेन्द्र झा को कमाण्ड मा खटिएको जिल्ला प्रहरी कार्यालय अगाडी संयुक्त चेकिग्ङको क्रममा कागजपत्र नबेकेका ,हेलमेट प्रयोग नगरेको तथा सिट क्षमता भन्दा बढी सवार भई सवारी चलाएका सवारी साधनहरु लाई कार्वाही गरेको हो ।
मोटरसाइकल -४२ र ,अटो-२ गरी जम्मा ४४ ओटा सवारी साधन लाई नियन्त्रणमा लिई २५ ओटा बाइकलाई आबश्यक कारवाही गरिएको तथा बाँकी सवारी साधन जि.प्र.का गौर को नियन्त्रणमा राखीएको ट्रााफिक प्रहरी निरिक्षक सुशील आचार्यले जानकारी दिएका छन ।