रौतहट १ चैत । गौर नगरपालिकालाई उत्कृष्ट नगरको
सम्मान प्रदान गरिएको छ।
देशभरका सम्पूर्ण नगरपालिकामध्ये गौरले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै सम्मान प्रदान गरिएको हो।
नेपाल नगरपालिका संघको ३१ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले गौरलाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै पुरस्कार प्रदान गरेका हुन्।
गत वर्ष गौर नगरपािलका मधेश प्रदेशमै उत्कृष्ट नगरपालिका घोषित भएको थियो ।
नगरबासीको पक्षमा निरन्तर काम गरेको तथा नगरवासीको सहयोगले नगरपालिकाले सम्मान पाएको मेयर साहको प्रतिकृया छ ।