रौतहट १८ फागुन ।सहकारी ऐन, कर तथा कानुन सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रवार बाट चन्द्रपुरमा शुरु भएको छ ।
रौतहट बचत तथा ऋण सहकारी संघ रौतहट को आयोजना र आर एण्ड डी कर्पोरेट बिजनेस कन्सल्टेन्ट प्राली को प्राबिधिक सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रम मा सहजकर्ता सिए धिरज कोइराला ले सहजीकरण गर्ने छन । कार्यक्रम शुक्रवार र शनिवार २ दिन सम्म संचालन हुनेछ ।
करदाता कार्यालय चन्द्रपुर का प्रमुख पिताम्वर न्यौपानेले एक का लागि सवै , सवैका लागि एक भन्ने सहकारीको नारा सार्थक हुँदै गएको बताए ।
सरकारले सहकारी सवैको होस भन्ने चाहेको बताउदै प्रमुख न्यौपानेले कर सम्वन्धी ऐन कानुन को बारेमा सवै सदस्यहरुले जानकारी राख्न जरुरीरहेको बताए ।
कार्यक्रम संचालन तथा महासचिव देव बहादुर सापकोटाले गरेका थिए ।
सहकारी नीति ,विधि प्रबिधी मा चल्नु पर्ने संघका सचिव वसन्त आचार्यले स्वागत मन्तव्यमा धारणा राखेका छन ।
रौतहट बचत तथा ऋण सहकारी संघ चन्द्रपुरको आयोजनामा दुई दिने “सहकारी,ऎन, कर तथा कानुन सम्बन्धि अभिमुखीकरण कार्यक्रम” होटेल आरोही चन्द्रपुर- ४ को सभा हलमा शुरु भएको छ ।
जिल्ला भरि रहेका करिव ४० वटा सहकारी कार्यालयका लेखा हेर्ने कर्मचारी हरुको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन सभा अध्यक्षता जिल्ला बचत संघका अध्यक्ष बिभु पोखरेल गरेका छन ।
अध्यक्ष पोखरेलले सहकारीको ऐन, कानुन, नियमको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताएका छन ।
सभा अध्यक्षता जिल्ला ऋण तथा बचत सहकारी संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा करदाता सेवा कार्यलय चन्द्रपुरका प्रमुख पिताम्बर न्यौपाने रहेका थिए ।
सहभागी लाई संघका उपाध्यक्ष राम बिश्वास पासवानले धन्यवाद ज्ञापन गरेका छन ।
तालीममा ४० जना लेखा हेर्ने सहकारीका कर्मचारी ब्यबस्थापक,सह ब्यबस्थापक सहित संचालकको उपस्थिति रहेको छ ।
संघका कोषाध्यक्ष नरेन्द्र राना मगर,सदस्यहरु कल्पना दाहाल लगायतको उपस्थिति थियो ।
बिशिस्ट अतिथीमा संचारकर्मी तथा गुन्जन एफएम का स्टेसन म्यानेजर संजय कार्की,अन्नपूर्ण पोस्ट रौतहट सम्बादाता तथा कलमपाटी डट्कम र सुप्रिम एफएमका संचालक फणि महत तथा कार्यक्रमका सहजकर्ता/प्रशिक्षक सिए धिरज कोइराला सहभागी थिए।