रौतहट १९ फागुन । भन्सार छलेको यूरिया मलखाद सहित प्रहरीले मानिस पक्राउ गरेको छ ।
भारतबाट नेपालको ग्रामिण भागमा रहेको सिमावर्ती नाकाहरुबाट भुन्सार छली ल्याएको मलखाद बरामद भएको हो ।
रौतहटको फतुवा बिजयपुर न.पा. वडा नं. ८ बिजयपुर चोकमा आकस्मिक रुपमा चेक प्वाईन्ट खडा गरी सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा ना. ३.ख ४६८० नंम्वर.को ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रकमा परालको भुस भित्र भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको मलखाद्य फेला परेको हो ।
अन्दाजी ४८ हजार ३ सय – बराबरको ६९ बोरा युरिया मलखाद्य फेला परेको र उक्त मलखाद्य, ट्रक र ट्रक चालक चितवन टाँडी न.पा. वडा नं.१३ बस्ने बर्ष ५६ को सुनिल दरै र ट्रक धनि रत्ननगर न.पा. वडा नं.१३ बस्ने बर्ष ५३ को गोबिन्द भुजेललाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि गौर भन्सार कार्यालयमा पठाईएको निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिएका छन ।