Wednesday, January 22, 2025

भारतमा बालश्रम मा रहेको ८ जना बालकहरुको उद्दार

पछिल्लाे समाचार


रौतहट २ चैत । भारत बाट उद्दार गरि ल्याएको बालकहरु अभिभावकहरुको जिम्मा लगाइएको छ ।
आरडीसी रौतहट, सामुदायिक विकास तथा सचेतना नेपाल, बाल हेल्पलाइन बारा, संरक्षण नेपाल बारा, युनिसेफ/एटविन, राष्ट्रिय बाल अधिकार परिषद र भारतीय प्रहरी मुम्बईको समन्वयमा विभिन्न प्रलोभनमा बालश्रम गर्न भारत पुगेका ८ जना बालाबालिकाको उद्धार गरिएको हो।
उद्धार गरि ल्याइएका बालकहरुको चैत १ गते नै जिल्ला प्रहरी कार्यालय बारा कलैयामा एक कार्यक्रम गरि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख, र राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि लगायतका सरोकार वालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्याकारी निर्देशक दिलिप कोइरालाले बताएका छन ।
उद्धार गरेका बालकहरु ७ जना रौतहटका छन भने १ जना कपिलबस्तुका छन ।उनीहरुलाई मुम्बइको विभिन्न क्षेत्रमा रहेको व्याग उद्योग तथा होटल लगायतका क्षेत्रमा बालश्रम गरिरहेको अवस्थामा भारतीय प्रहरीको सहायतामा उद्धार गरेको थियो ।
१७ वर्ष मुनिका बालबालिहरुलाई १२ देखि १८ घण्टासम्म काममा लगाउने, समयमा खान नदिने र काम गरे बापतको पैसा समयमा नदिने जस्ता शोषणबाट पिडीत रहेको एक बालक को गुनासो छ ।
कार्ययकारी निर्देशक कोइरालाले हाल सम्म सामुदायिक विकास तथा सचेतना नेपालले विभिन्न संघ संस्थाको सहयोगमा भारतका विभिन्न स्थानमा बालश्रममा परेका ३२ जना बालकहरु लाई नेपाल फर्काएर अभिभावकको जिम्मा लगाएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु