Thursday, January 23, 2025

बाल बिवाह बिरुद्द चेतनामुलक कार्यक्रम संचालन

पछिल्लाे समाचार


रौतहट, ६ चैत । बाल विवाह, बहु विवाह र दाइजो प्रथा लगायतका महिलाहरु विरुद्ध हुने कसुर सम्बन्धी जनचेतनामूलक कार्यक्रम रौतहट प्रहरीले संचालन गरेको छ ।
बाल विवाह, बहु विवाह, दाइजो प्रथाको कारण कतिपय घरपरिवारमा समस्या सृजना भएको हुँदा सचेत गराउने उदेश्य ले जिल्ला प्रहरी कार्यालय रौतहटले ग्रामिण भेगमा जनचेतना मूलक कार्यक्रमहरु शुरु गरेको छ ।
बाल विवाह गर्दा कानुनी अपराध हुने र उमेर नपुगेका किशोरीहरुलाई विवाह गरिदिदा विभिन्न समस्या मा पर्ने , हुदा २० बर्ष पुरा नभए सम्म विवाह नगरी दिन अभिभावकहरु लाई सचेत गराईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।
दाइजो प्रथा कानुनी अपराध भएकाले, कानुनको उलंघन गरेर कसैले दाइजो लिएर विहेवारी गरेको जानकारी पाउना साथ प्रहरीलाई खवर गरेर मद्दत गर्न समेत आग्रह गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु