रौतहट,६ चैत । चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बालनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ ।
५० केभीए क्षमताको ट्रान्सफर्मर चोरहरूले जडान गरेको पोल बाट झारेर त्यसमा रहेको तामा निकालेर लगेका छन ।
ट्रान्सफर्मर को कभर मात्र रहेको र भित्रको उपकरण चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताएका छन ।
सोमबार साँझसम्म रहेको ट्रान्सफर्मर मङ्गलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामाको उपकरण चोरी भएको अध्यक्ष साहले जानकारी दिए।
चोर को खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।
रौतहट जिल्लामा बिजुलीको ट्रान्समिटर चोरीका घटनाहरू पटक पटक हुँदै आएको छ ।
खेत वारि, एकान्त स्थानमा रहेका बिजुलीकाे पोल बाट ट्रान्सफर्मरहरू निकाली त्यसभित्र रहेको तामा चोरी हुने गरेको छ ।