रौतहट २० फागुन । फागुनको तेश्रो साता बित्न लाग्दा पनि रौतहटको एक पालिकाले बजेट ल्याउन सकेकाे छैन।
रौतहटको फतुवाविजयपुर नगरपालिकाले बजेट ल्याउन सकेकाे छैन ।
फतुवा बिजयपुर नगरपालिकामा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव अख्तियारले नदीको टेन्डरमा दोषी ठहर गरी विशेष अदालतले तीन बर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेपछि गत आर्थिक बर्ष पद मुक्त भएका थिए ।
उपमेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको प्रयासमा निर्धारित समयभन्दा ७ महिना ढिलो फागुन ३ मा सातौं नगरसभा उद्घाटन भएको थियो।
तर, बाँकी प्रक्रिया पूरा गर्न नसकेको कारण फतुवा विजयपुर नपा को यस आवको बजेट हालसम्म आउन सकेको छैन ।
असार १० भित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँका शिक्षक कर्मचारी गरी झन्डै साढे तीनसय जनाले तलब सुबिधा पाउन नसकेकाे गुनासो गरेका छन
मधेश प्रदेशमा रौतहटको फतुवा विजयपुर नगरपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले बजेट ल्याउन सकेका छैन ।
फतुवा बिजयपुर नगरपालिकाको नेपाली कांग्रेसका निर्वाचित मेयर यादव लाई दोषी ठहर गरी विशेष अदालतले तीन बर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना तोकेको थियो ।