Wednesday, January 22, 2025

पालिका स्तरिय सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


रौतहट १८ फागुन । सामुदायिक सुरक्षा जालो ,तथा महिलाबादी आन्दोलन को सुदृढीकरण दोश्रो चरण को पालिका स्तरिय सार्वजनिक सुनवाइ कार्यक्रम आयोजना भएको छ ।
महिला सुरक्षा दवाव समूह रौतहट, टेवा, युएन ओमेन, को आयोजना मा सार्वजनिक सुनवाइ कार्यक्रम भएको हो ।
मधेश प्रदेश सांसद यूवराज भट्टराई ( समीर) ले जनता सग निरन्तर भेटघाट ,मधेश प्रदेशमा अन्य प्रदेश भन्दा फरक ढँग बाट महिला , बालबालिकाको हकमा कानुन निर्माण भएको,बालिका, बालबालिका , कृषि,सहकारी कानुन टेवल भएको बताएका छन ।
प्रदेश सांसद भट्टराइले बिकासका काममा सवैले साथ दिन आग्रह गरेका छन । कार्यक्रमा सोधिएको ९ वटा प्रश्नको जवाफ प्रदेश सांसद भट्टराइले दिएका थिए ।
होटल ब्यवसायी का समस्या , होटलमा बाल श्रमिक हरुको अनुगमन हुँदै आएको र होटलमा हुने भनिएको गलत कृयाकलाप नभएको ,
उधोग बाणिज्य संग का अध्यक्ष उदय नारायण सापकोटा ले नपा भित्र ४ हजार बढी साना ठुला उधोग दर्ता रहेको र उनीहरुका समस्या समाधान गर्न माग गरेका छन ।
कार्यक्रममा सहभागीहरुले कुटपिट, हत्या, घरेलु हिंसा, बोक्सी आरोप, बहुविवाह, बलात्कार प्रयास, यौन दुर्व्यवहार गरि ३४ जति केंश यो भन्दा अधिस्लो बर्षका घटनाहरु भए नगरपालिकाले यस्ता घटनाहरु न्यून गर्नको लैंगिक हिंसा कोषमा थप रकम भनेर ५० हजार नगरपालिकाको रातो किताबमा लेखिएको रैछ, यो रकम के को लागि प्रयोग गरिन्छ ? यो कोष को बारेमा आम नागरिकलाई थाहा छ कि छैन, बहाहरुलाई जानकारी दिने माध्यमहरु के कस्ता रहेका छन्, सबैलाई पहुँच हुने खालका र बुज्ने खालका छन् कि छैनन् ?
गर्भवती सुत्केरीलाई निसुल्क सेवा बापत नगरपालिकाले ६० हजार बजेट विनियोजन गरेको छ यस सेवाको बारेमा आम नागरिकलाई सुसुचित कसरि गराउनु भएको छ ?
वर्स पालिकामा लैंगिक उत्तरदायी बजेट निर्माण गर्ने प्रक्रियामा वडा तथा टोलमा समन्यवय गरि सर्वसम्मत वाट पारीत गरि परियोजना छनोट हुन्छ कि प्रक्रिया पुरा गर्ने मात्र कार्य गरिन्छ। महिला वडा सदस्यहरुलाई सुसुचित गरिन्छ कि गरिदैन ?
नेपाल सरकारले दाइजो प्रथालाई निर्मुल पर्ने भनिए पनि तराइमा अझै पनि दाइजो प्रथा हाबी छ, यस प्रथाको रोकथामको लागि नगरपालिकाको कस्तो प्रयाश रहेको छ?
बेटी बचाओ बेटी पढ़ाओ कार्यक्रमको प्रभाबकारिता कस्तो किसिमको रहेको छ ?
साना, मझौला तथा ठूला उधमी महिलाहरुलाई, कच्चापदाचं तथा मेशिन खरिदमा सहुलियत तथा छुटको विशेष व्यवस्था गर्दै पहुँचका लागि सरल प्रकृयाको व्यवस्था गर्नका निम्ति उद्योग बाणिज्य संघले कस्तो भमिका खेलेको छ ? महिलाको प्रजनन स्वास्थलाइ मध्यनजर गरि कस्ता खालका स्वास्थ सम्बन्धि सेवा सुविधाहरु स्वास्थ चौकीमा रहेका छन् ? मधेस प्रदेशमा बैदेशिक रोजगारका फक्रिएकाहरुको तथ्यांकको लागि कहाँ जान सकिन्छ ? अथवा त्यस्ता तथ्यांक संकलन गरिएको छ कि छैन ? बैदेशिक रोजगारमा यस प्रदेशका भारत अवैधानिक रोजगारीका लागि जानेहरुको तथ्यांक कहाँ हुन्छ ?विपद् प्रभावितहरुको तथ्याङ्ग संकलनगर्दा बालबालिका, जेष्ठ नागरिक अपांगता भएका व्यक्ति, गर्भवती सुत्केरी महिलाको तथ्याङ्क अभिलेखिकरण गर्नको लागि प्रदेश तथा स्थानिय तहमा बजेट छुट्याइएको छ कि छैन ?अनौपचारिक क्षेत्रमा महिलाको श्रमलाई सम्मानगर्दै उक्त क्षेत्रमा कार्यरत महिलाको सामाजिक सुरक्षाभित्र समाहित गर्न के पहल गरिएको छ ? विप‌द् मा प्रभाबित बालबालिका, जेष्ठ नागरिक अपांगता भएका व्यक्ति, गर्भवती सुत्केरी महिलाको तथ्याङ्क हुने भएकोले जलवायू प्रकोप तथा विपद् व्यवस्थापन समितिमा कम्तिमा ५१% महिलाको सहभागिता सबै तहमा छ कि छैन ? जस्ता जिज्ञासा राखेका थिए ।
महिला सुरक्षा दवाव समूह रौतहटकि अध्यक्ष देवकी नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु