Wednesday, January 22, 2025

निर्दोष पक्राउ गरेको भन्दै बिरोध भएपछि कार्यालय आउन छाडे डिएफओ

पछिल्लाे समाचार


रौतहट २८ फागुन । डिभिजन वन कार्यालय रौतहटका डिएफओ र सहायक अधिकृत कार्यालय आउन छाडेका छन ।
रौतहटको चन्द्रपुर २ स्थित राष्ट्रिय वनमा दुई महिना अघि दर्जनौँ काँचा खयरका रुख कटान भएपछि स्थानीय युवा तथा नेकपा एमालेको जन संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामाले स्थानीय सन्चारकर्मी बोलाएर खयर कटान भएको सार्वजनिक गरेका थिए ।
त्यसकै रिस साँध्न जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेश महतोले सोही खयर काटेको आरोप लगाउदै लामालाई पक्राउ गरेका थिए ।
नेकपा एमाले र युवा संघले बिरोध र चक्का जाम गर्न थाले पछि डिएफओ शैलेन्द्रकुमार मिश्र र सहायक अधिकृत महतो बिहिबार देखि मोवाइल नउठाइ , कार्यालय समेत आउन छाडेका छन ।
लामालाई गत बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा गएको बेला पक्राउ गरेर वनको हिरासतमा राखेपछि कार्यालय डिएफओ मिश्र र सहायक वन अधिकृत महतो सम्पर्क बाहिर भएका हुन ।
नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपाल रौतहटले लामा पक्राउको बिरोधमा पूर्व पश्चिम राजमार्गमा टायर बालेर चक्का जाम समेत गरेका थिए ।
सहायक वन अधिकृत महतो र महादेव स्थान सामुदायिक वनका अध्यक्ष केशव पुलामीले सामुदायिक वनको लेटर प्याडमा खयर फँडानीमा लामाको संलग्नता रहेको भन्दै लिखित उजुरी दिएपछि लामा पक्राउ परेका थिए ।
वनको हिरासतमा रहेका लामाले भने सामुदायिक बन र वन कर्मचारी मिलेर २२ सय क्युफिट काठ गोप्य रुपमा बिक्री गर्न लागेको र त्यो काठ आफूहरुले रोकेर खुल्ला प्रतिस्पर्धामा किन्न पाउनु पर्ने भन्दै टेण्डर फर्म माग गर्न थालेका कारण पहिलाको खयरको रिस र टेन्डरमा भाँजो हालेको रिस साँध्नका लागि पक्राउ गरेको पाइएकोले दोषि कर्मचारी माथी छानबिन र कार्वाहीको माग नेकपा एमालेका रौतहट जिल्ला सचिव बाबुराम दाहालले माग गरेका छन ।
रौतहटको वनमा पछिल्लो समय व्यापक रूपमा काँचाहरुको कटान तीव्ररूपमा भइरहेको बलेरीका स्थानीय बासिन्दाले बताउदै आएका छन । वन कर्मचारीले नियमित रूपमा गस्ती नगरेका कारण रौतहटको वनमा काठ चोरी तस्करी तीव्र रुपमा बढेको गुनासो छ ।
सो बिषयमा थप जानकारी लिन खोज्दा दुवै जना सम्पर्कमा आउन चाहेनन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु