रौतहट १८ फागुन। चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको निजी तथा सरकारी विद्यालयको सहभागिता रहेको तेश्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ ।
मेयर संजय कुमार काफ्लेले पानसमा बत्ति बालेर उदघाटन गरेका छन ।
उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्नुहुदै मेयर काफ्लेले खेलकुदमा अनुशासन प्रमुख भएपनि स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई सार्थक बनाउनका लागि पनि खेलकुदलाई प्राथमिकता दिएको बताए ।
केही प्राविधिक समस्या बाहेक नगरपालिकाले सधै खेलकुदलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ ।
मेयर काफ्लेले यस पटकको प्रतियोगितामा समय थोरै भएका कारण सवै खेललाई समावेश गर्न र व्यवस्थापनमा प्राविधिक समस्या भएपनि आगामी बर्षमा नगरपालिकाले शैक्षिक क्यालेण्डर झै खेलकुद क्यालेन्डर बनाएर हरेक खेलकुदलाई प्राथमिकता साथ अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले छोटो समयमा नगरपालिकाले तयार गरेको प्रतियोगितालाई सफल बनाउन विद्यालयहरुले देखाएको सदभाव र सहयोगको उच्च प्रशंसा गरेका छन ।
नगरपालिकाले खेलकुदलाई सधै प्राथमिकता राखेकै कारण हरेक खेलकुदले चन्द्रपुरमा प्रगतिको गरेको उनको धारणा छ ।
आगामी दिनमा चन्द्रपुर नगरपालिकाले खेलकुदका लागि सम्बन्धित निकायसंग समन्वय गरेर अगाडि बढ्ने वडा अध्ययक्ष राउतले बताए ।
कार्यक्रम आयोजना स्थल रहेको बागमती माध्यमिक विद्यालयले गरेको शैक्षिक सुधार, भौतिक सुधारको उनले खुलेरै प्रशंसा गरे ।
बागमती माध्यमिक विद्यालयले सरसफाई, भौतिक पूर्वाधार, अपांगमैत्री, बालबालिकाको स्वास्थ्यलाई समेत ध्यानमा राखेर गरेको कामले रौतहटमै नमुना विद्यालयको रुपमा अगाडि बढेकोमा खुसी व्यक्त गरेका छन ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा जनता आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले खेलकुद विनाको जीवन मानव जीवन सफल हुन नसक्ने भएकोले अनुशासन र खेलुकद एक अर्काकाको परिपुरक रहेको बताएका छन ।
शिक्षासंगै स्वास्थ्य, अनुशासन समेत प्रमुख अंगका रुपमा पर्ने भएकोले खेलकुदले अनुशासनलाई पालन गर्न बाध्य पार्ने भएकै कारण विद्यार्थीहरु सनै उमेरदेखि अनुशासित हुने उनको धारणा छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला कुमारी चौधरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, अभिभावक, विभिन्न विद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बागमती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर रानाको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।