Wednesday, January 22, 2025

चन्द्रोदय साकोसको आयोजनामा जुडिबेला र बनबोहरीमा चेतनामुलक कार्यक्रम संचालन

पछिल्लाे समाचार


रौतहट २८ फागुन ।चन्द्रोदय साकोसको आयोजनामा चन्द्रपुर नपा-२ मा रहेको श्री माबी जुडिबेला स्कुलमा चेतनामुलक कार्यक्रम संचालन भएको छ ।
बिद्यार्थी लाई “ट्राफिक जनचेतना, सामाजिक संजालको दुरुपयोग तथा लागू औषध दुर्वेसनी नियन्त्रण “सम्बन्धि चेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिधालयमा ११ र १२ तथा माध्यमिक तह मा अध्यनरत करिब ८५ जना छात्र तथा छात्रालाई प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा प्राबिधिक सहयोग जिल्ला ट्राफिक कार्यलय चन्द्रपुर रौतहट ले गरेको छ ।
कार्यलयका कार्यलय प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले प्रशिक्षण दिएका छन ।


कार्यक्रममा संस्थाका अध्यक्ष बसन्त कुमार आचार्यको नेतृत्वत्वमा उपाध्यक्ष रामशरण गौतम, सह सचिब अनुपा श्रेष्ठ, संचालक सदस्य सोमनाथ चिमोरिया, लक्ष्मी दाहाल तथा ब्यबस्थापक सुभ नारायण चौधरीको सहभागिता रहेको थियो ।


कार्यक्रम मा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश पाण्डेले चन्द्रोदय साकोसले जन चेतनामुखी कार्यक्रम आफ्नो स्कुलमा गरेकोमा साकोस तथा जिल्ला ट्राफिक कार्यलय लाई धन्यवाद सहित आभार प्रकट गरेका छन ।
संस्थाले यस अघि पनि चन्द्रपुर नपा-७ मा रहेको कालिका माबीमा अध्ययनरत बिद्यार्थीहरु लाई “साइवर क्राइम” सम्बन्धि चेतनामूलक प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो ।


चेतना मुलक कार्यक्रम लाई क्रमिक रूपमा निरन्तरता दिइरहने अध्यक्ष बसन्त आचार्यले बताउदै जिल्ला ट्राफिक कार्यलयका कार्यलय प्रमुख प्रहरी निरीक्षक सुशील आचार्य लाई कार्यक्रम मा सहजिकरण गर्नुभएकोमा संस्थाको तर्फबाट विशेष धन्यवाद दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु