राजकुमार यादव //
रौतहट १६ चैत । गढमाई नपाका बिद्यालयहरुमा शुक्रबार संयुक्त अनुगमण सम्पन्न भएको छ ।
गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवको नेतृत्वमा भएको अनुगमण सम्पन्न भएको हो ।
अनुगमणमा गढीमाइ नगरपालिकाका उप प्रमुख स्मिता कुमारी यादव , प्रमुख प्रशासकिय अधिकृत श्री देव यादव, शिक्षा शाखाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।
युरोपियन युनियन र युके एडको आर्थिक सहयोग तथा भि.एस.ओ नेपालको साझेदारीमा जन जागरण युवा क्लब,बाराले बिगत ३ बर्ष देखी गढीमाई नगरपालिकाको ५ वटा बिद्यालयमा सहयात्रा र एक्टिभ नामक परियोजना संचालन गर्दै आएको छ ।
पालिकामा रहेका चारवटा बिद्यालय आदर्श आधारभुत विधालय सिंगारवन , मावि विरनगरा, मावि धनहारी धर्मपुर र शंकर गुदर माध्यमिक विधालय समनपुरमा डिजिटल सिकाईका लागि ४३ इन्चको स्यामसुङ्ग कम्पनीको टिभि हस्तनान्तरण गरीएको छ ।
उक्त परियोजनाले गुणस्तरीय र समावेशी शिक्षामा योग्दान गरेको तथा बिद्यालयमा बाल क्लब, बालिका तथा समावेशी शिक्षा संजाल, गुनासो सुनुवाई संयन्त्र जस्ता संरचनाहरुले राम्रो काम गरि रहेको जस्ले गर्दा बालिका तथा अपाङ्गता भएका बालबालिकाहरु, सिमान्तकृत समुदायको बालबालिकाहरुमा र अभिभावकहरुमा पढाई प्रतिको रुचि तथा सहजता भएको अनुगमन टोलीले बताएको छ ।
यस परियोजनाले अभिभावक तथा बिद्यालय बिचको दुरी घटाउन प्रभावकारी हुने बताइएको छ ।
अनुगमनमा गढीमाई नगरपालिकाका – ६ का वडाध्यक्ष राम सिंहासन यादव , सहायक शिक्षा संयोजक संजय कुमार यादव , जन जागरण युवा क्लबका उपाध्यक्ष राजदेव साह, सचिव प्रियंका दास, कार्यक्रम प्रवन्धक मनोज यादव, संयोजक कौशल साह तथा भि.एस.ओका देवी न्योपाने को छथ रहेको थियो ।