Thursday, January 23, 2025

ईशनाथमा बिधालय बनाउदा अनियमिता भएक‍ो आरोपमा मुद्दा दर्ता

पछिल्लाे समाचार


रौतहट ६ चैत/ ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापक समेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी अख्तियारमा आरोप-पत्र दायर भएको छ ।
जिल्ला रौतहट, ईशनाथ नगरपालिका, वडा नं. ५ स्थित श्री आधारभूत विद्यालय लक्ष्मिनिया, जटहरामा २ कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ईशनाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन इन्जिनियर सत्यपाल सौरभले तयार गरेको योजना सम्पन्न रिपोर्ट मा २५,७९५।४८ गरी जम्मा रु.८६,६४७।६३ बढी भुक्तानी गर्न प्रतिवेदन/विल तयार गरी पेश गरेको हुँदा निजलाई बिगो रु.८६,६४७।६३ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिम झुट्टा बिल बनाई बढी भुक्तानी दिन सिफारिस गरेको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै निजले भवनको छानामा UPVC प्रयोग गरेको अवस्थामा नापी कितावमा वास्तविकभन्दा फरक हुने गरी सिजीआइ सिट उल्लेख गरेको एवं बढी भुक्तानीका लागि गलत प्रतिवेदन तयार गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १९(२) बमोजिम थप सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बिज्ञप्तीमा जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु