रौतहट ३ चैत । शनिबार आचार्य बन्धु सेवा नेपालको मधेस प्रदेशको सर्लाही तथा रौतहट जिल्ला भेला आयोजना गरिएको छ ।
दुबै जिल्लाहरुमा”आचार्य बन्धु सेवा नेपालको जिल्ला समिति गठन गरिएको छ ।
सर्लाही जिल्लामा प्रशान्त आचार्य को अध्यक्षयतामा ९ सदस्यीय समिति गठन भएको छ भने रौतहटमा शिव आचार्य को अध्यक्षयता ११सदस्यीय जिल्ला समिति गठन भएको छ ।
दुबै जिल्लाको कार्यक्रमको प्रमुख अतिथिमा आचार्य बन्धु सेवा नेपालका केन्द्रिय अध्यक्ष बाबुराम आचार्य रहेका छन ।
केन्द्रिय बिदेश बिभाग सदस्य बिरेन्द्र आचार्य ,मधेस प्रदेश अध्यक्ष लिलामणी आचार्य ,उपाध्यक्ष वसन्त आचार्य, ईश्वरपुर नपाका नगर प्रमुख मनोज आचार्य लगाएतको उपस्थिति रहेको थियो ।
सर्लाहीको कार्यक्रमको अध्यक्षता जेष्ठ सदस्य सिताराम आचार्य तथा रौतहटको कार्यक्रमको अध्यक्षता उपस्थिति मध्यबाट चन्द्रपुर- ५ निवासी गोपिनाथ आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ ।
मधेस प्रदेशका अध्यक्ष लिलामणि आचार्य,नेकपा एमाले नगर कमिटी अध्यक्ष शिव आचार्य,मावोबादी केन्द्र नगर कमिटी अध्यक्ष टीका आचार्य,जिल्ला ट्राफिक रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्य,समाजका बिदेश बिभागका सदस्य बिरेन्द्र आचार्य,कौण्डिन्य गोत्रीय समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण मुरारी आचार्य लगायतले आ-आफ्नो मन्तव्य राखेका छन ।
समुद्घाटन सभा अध्यक्ष तथा प्रमुख अतिथिबाट पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा एकसय जना आचार्य बन्धु बान्धवको उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य चन्द्रपुर-५ निवासी मदन आचार्यले र, कार्यक्रमको संचालन मधेस प्रदेश उपाध्यक्ष वसन्त आचार्यले गरेका थिए ।
रौतहटको उपाध्यक्षमा टीकाआचार्य,सचिब नरराज आचार्य,सह सचिब संगिता आचार्य कोषाध्यक्ष बिष्णु आचार्य सदस्यहरु बिनोदआचार्य कृष्ण प्रसाद आचार्य,कुमार आचार्य,रमेशराज आचार्य लगायतको ११ सदस्यीय आचार्य बन्धु समाज नेपाल रौतहटमा गठन गरिएको छ ।