रौतहट २ चैत । परोहा नगरपालिका को खापचोकस्थित आईएमई काउन्टरमा लुटपाट भएको छ ।
तीन जना लुटेराहरूले आइएमइ का कर्मचारीलाई गोली हानेर लाखौ रुपैयाँ लुटपाट गरेकाे प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका लुटेराहरुले आइएमइ का कर्मचारी नितेश साहलाई बाहिर निकालेर गोली प्रहार गर्दा साह घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घाइतेलाई उपचारका लागि वीरगंज पठाइएको र लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताइएको छ ।
रकम लुटपाट गरेर भाग्दै गरेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका हरु भारत बिहार राज्यको मोतिहारी निवासी मुनिफ यादव,चन्द्रभान सिंह ,राजा कुमार पसमान रहेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन ।
उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको छ ।
रौतहट परोहा न.पा.०९ बस्ने शिव मनि ट्रान्सफरका संचालक बर्ष २६ को नितेश साहले काउन्टर मा काम गरीरहेको अवस्थामा कालो मोटरसाइकल मा आएका ३ जना मानिसहरुले गोली हानी हानेर रकम लुटेका थिए ।