जनकपुर १८ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मन्त्रालय मातहतका तीनवटा कार्यालयमा आइतवार छड्के निरीक्षण गरेका छन ।
मधेश प्रदेश सरकारको मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डको कार्यालयमा सचिव विरेन्द्रकुमार यादवसहित मन्त्री लेखीले छड्के निरीक्षण गरेका हुन ।
मिडिया काउन्सिलका कार्यवाहक अध्यक्षसहितको उपस्थित पदाधिकारीहरुलाई काउन्सिलको कार्य सुधारका लागि मन्त्री लेखीले निर्देशन दिएका छन ।
मन्त्री लेखिले एक सातामा गर्ने काम तीन दिनमा , तीन दिनमा गर्ने काम २४ घण्टा मा सम्पन्न गर्न निर्देशन दिए ।
गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले मातहतका कार्यालयको कामकाज बारेमा बुझ्न छड्के निरिक्षण गरेको बताए ।
कार्यालय प्रमुखसहितका कर्मचारीलाई सोमबार मन्त्रालयमा राखेर छलफल गरिने सुरुमा सम्झाइ बुझाइ गर्ने र लापरबाही गर्ने जोसुकै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएकाे बताएका छन ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले आमसञ्चार प्राधिकरण को कामको शिलशिलामा आफू मुख्यमन्त्री कार्यालय गएको बेला मन्त्रीले छड्के निरीक्षण गरेको प्रतिक्रिया दिएका छन ।