रौतहट १ चैत । फतुवा बिजयपुर नगरपालिका मा तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छन ।
शिक्षक शिक्षिकाहरूको निर्णयले नगर क्षेत्रका करीव ६ हजार विद्यार्थीको भविष्य अन्यौलमा परेका छ ।
नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।
पटकपटक आश्वासन मात्र पाउने तर तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब निर्णायक आन्दोलन हुने उधारोमा सहमती नहुने शिक्षा संयोजक यादवले बताएका छन्।
नगर शिक्षा सयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।
जब सम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जादैन तबसम्म परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको सयोजक यादवले जानकारी दिए ।
नगरपालिकाका ३२ वटा विद्यालय रहेका छन । प्रस्तावित सहित ७ माबि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ।
ती सम्पूर्ण विद्यालयमा २ सय ४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए ।
फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले एकसाता भित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्।
बिजयपुर नगरपालिकामा काग्रेस पार्टी बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको ठेक्कामा दोषी ठहर भएर अख्तियारले कार्वाही गरी पद गुमाएपछि काग्रेसके उपमेयर अम्बेया खातुन गत वर्षदेखि कार्यबाहकको जिम्मेवारी मा छिन ।