रौतहट १९ फागुन । जिल्ला कारागार गौरमा क्षमता भन्दा बढी कैदीबन्दी राखीएकाे कैदीहरुले गुनासो गरेका छन ।
सो कारागारको क्षमता २ सय हाराहारी रहेकोमा अहिले ३ सय २० जना भन्दा बढी कैदी बन्दी राखिएको छ ।
भौतिक पूर्वाधारको आभाव रहेको रौतहटको गौर कारागार कार्यालयमा बिभिन्न मुद्दाका कैदी तथा थुनुवा कैदीको संख्या ३ सय २१ रहेको कारागार कार्यालयका प्रमुख प्रशान्तकुमार बर्माले बताएका छन।
भवन अभाव रहेको कारण क्षमता भन्दा बड़ी कैदीलाइ राख्नु परेको बर्माले बताए ।
कारागार कार्यालयको पुरानो भवनदेखि दक्षिण तर्फको अतिक्रमित करीब ४ कठ्ठा जग्गा खाली गराएर माटो पुरिएकोर थप भवन निर्माण गर्नको लागि केंन्द्रीय कार्यालयबाट बजेट माग गरिएको उनले जानकारी दिए ।
गौर कारागार कार्यालयबाट ३० जना कैदीलाइ अन्य कारागारमा पठाइएको छ ।
कैदी संख्या अनुसारको बस्ने कोठा नभएको ले महिला बन्दी लाई बस्न समस्या भएकाे गुनासो छ ।