Wednesday, January 22, 2025

कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम

पछिल्लाे समाचार

चन्द्रपुर २ चैत । रौतहटमा पछिल्लो दिनमा कुष्ठरोगीको संख्या बढेको पाइएको छ ।
गत आर्थिक बर्षभरी १ सय ५० जना मात्रै कुष्ट रोगी पत्ता लागेको थियो तर चालु आर्थिक बर्षको ६ महिना भित्र नै १ सय ५३ जना नया कुष्ट रोगी पत्ता लागी सकेको पाइएको हो ।
शुक्रबार स्वास्थ्य कार्यालय रौतहटको आयोजना र तथा लेप्रोसी मिसन नेपाल र आइरिश एडको आर्थिक सहयोगमा रौतहटका पत्रकारहरु संग कुष्ठरोग सम्बन्धी एकदिने अभिमुखी करण कार्यक्रमको आयोजना भएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रौतहटको कुष्ठरोग शाखा प्रमुख महेश साहले बजेट अभाबको कारण अझ धेरै रोगीहरु पत्ता लगाउन कठिन भएको बताए का छन ।
स्थानिय तह , वाड स्तर मा नागरिकहरु संग छलफल गर्नुपर्ने आवश्यकता रहेको शाखा प्रमुख साहले बताए ।बजेट अभाबको कारण हरेक नागरिकलाइ रोगको बारेमा सचेत गराउन कठिन भएको उनको धारणा छ ।
कुष्ठरोग लागेको शंका लागेमा आफनो नजिकैको स्वास्थ्य चौकीमा गएर निशुल्क स्वास्थ्य परिक्षण गराउन साहले आग्रह गरेका छन ।
रौतहटमा अहिले १ सय ५० जना नया र १ सय ५३ जना पुरानो रोगी रहेका छन ।
जिल्लामा १ सय ३७ जना बिरामी अझै उपचारत रहेको शाखा प्रमुख साहकोे भनाइ छ ।
रौतहटको सबैभन्दा बढी गुजरा नगरपालिकामा २३ जना कुष्ठरोगी रहेका छन । ,चन्द्रपुरमा २० जना,बृन्दावनमा १८ जना बिरामी रहेको साहले जानकारी दिए र सबैभन्दा कम दुर्गाभगबती गाउपालिका ३ जना मात्रै यस्ता रोगी रहेको साहले बताए ।
कुष्ठ रोगीहरुको रौतहटमा ८ वटा समुह सक्रिय रहेको छ ।कार्यक्रममा चन्द्रपुर ४ का कुष्ठरोगी बिनोद खनालले रोग लाग्दा आफनै परिवारले हेर्ने दृष्टीकोण समेत फरक भएको अनुभव सुनाएका छन ।
नियमित औषधी नै खाएर कुष्ठरोग निको बनाएको खनालले बताएका छन ।
यस्तै चन्द्रपुर नगरपालिका वाड नं. ४ की ज्ञान माया गोलेले पनि ६ महिना औषधी खाएर रोग निको बनाएको बताइन । कार्यक्रममा द लेप्रोसी मिसन नेपालका डा. प्रकाश पौडेलले कुष्ठरोगको लक्षण,उपचार र अहिलेको अबस्था बारे जानकारी गराएका छन ।
कुष्ठरोगको उपचार नपाएका वा नगराएकाहरु बाट सर्ने हुदा सचेत रहन डा. पौडेलले आग्रह गरेका छन ।
रोगको पहिचान हुनेबित्तिकै स्वास्थ्यकर्मीहरुको सल्लाह मा औषधी सेवन गर्न उनले आग्रह गरेका छन ।
यसैगरी प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्कीले यो रोग निदानको लागी टोलटोलमा अभियान शुरु गर्न आवश्यक रहेको धारणा राखेका छन ।
कुष्ठ प्रभावित तथा अपागंता भएका व्यक्तिहरुको मुख्य जटिलताहरु र रोगको उपचारको बारेमा कार्यक्रममा प्रस्ट्याइएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु