रौतहट, ३ चैत । परोहा नगरपालिका स्थित खाप चौकमा रहेका शिव मनी ट्रान्सफरमा लुटपाट घटनामा संलग्न रहेका तीन जना भारतीय लुटेराहरु लाई प्रहरीले सार्वजनीक गरेको छ ।
शुक्रवार भएको घटनामा संलग्न हरुलाइ जिल्ला प्रहरी कार्यालय रौतहटले शनिवार दिउसो लुटेराहरु लाइ सार्वजनिक गरेको हो ।
परोहा नगरपालिका वडा नम्वर ९ स्थित खाप चोकमा २६ बर्षिय नितेस साहले संचालन गरेको शिव मनी ट्रान्सफरमा स्वचालित पेस्तोल र कटुवा बन्दुक बोकेर आएका तीन जना भारतीय युवक ले लुटपाट गरेका थिए ।
आइएमइ संचालक साह माथी गोली फायर गर्दा साहको कञ्चटमा लागेको छ । उपचारको लागि एलएस न्यूरो परवानीपुर बाराको सघन उपचार कक्ष (आइस्यू) मा उपचार गर्न पठाइएकोमा आँखामा समस्या देखिएकोले थप उपचारको लागि तिलगंगा अस्पताल काठमाडौं रेफर गरिएको तथा गम्भीर घाइते साहको अवस्था स्थिर रहेको डिएसपी एलिजा गिरीले बताएकी छिन ।
घटना पछि भारत विहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चिरैया थाना अन्तर्गतको दिपही गाउँका १९ बर्षिय मुनिष भन्ने मुनिफकुमार यादव, सोही स्थानका १८ बर्षिय राधा भन्ने राजकुमार पासवान र २० बर्षिय चुनु कुमार सिंह भन्ने चन्द्रभान सिंह पक्राउ परेका थिए ।
उनीहरुका साथबाट विआर ०६ सीएल ९७९६ अपाचे बाइक, एक राउण्ड खोका, एक थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएम को गोली ,एमएम को गोली अर्ध स्वचालित पेस्तोल थान एक र सोमा लाग्ने म्याग्जीन एक थान र सोको गाली राउण्ड ५ थान र फायर भएको बुलेट एक थान तथा लुटपाट गरिएकाे एक लाख २५ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
तीनै जनालाई ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको डिएसपी गिरीले जानकारी दिइन् ।
चन्द्रभान सिंह भारतको गोवामा एउटा क्लवमा सेक्युरेटीको काम गर्दै आएका थिए । विहारको मुंगेरबाट १४ हजार भारुमा चाइनिज जस्तै देखिने स्वचालित पेस्तोल र कटुवा पेस्तोल किनेका थिए ।
विहारमै एउटा बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेर तीन महिना अघि रिहा भएपछि पुनः गोवा पुगेर काम गरी १५ दिन अघि मात्रै घर फर्किएको थिए ।
गोवामा बसाईकै क्रममा पक्राउ परेका अन्य दुई जना संग इन्टाग्राममा सम्पर्क गरेर घटना घटाउन छलफल गरे अनुसार पाँच दिन अघि आएर शिव मनी ट्रान्सफरको रेकी गरेका थिए ।
मुनिफ कुमार यादव र चन्द्रभान सिंहले हतियार लिएर मनि ट्रान्सफमा प्रवेश गरेको सिसिटिभी फुटेजले देखायो। ।
एउटा हतियार फेला परेपनि सिसिटिभीमा दुई हतियार देखिदा पुनः दशगजा क्षेत्रमा सर्च गर्दा बाँसघारीमा पाँच राउण्ड लोड गरिएको चाइनिज स्वचालित पेस्तोल बरामद भयो ।
रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले घटना पश्चात आफनै कमाण्डमा सिमा क्षेत्रमा नाकाबन्दी गर्दा अपराधीलाई समात्न सफल भएकाे बताए ।