गौर २२ माघ । प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवशको अबसर पारेर रौतहट शाखाले गौर अस्पतालका बिरामीलाइ फलफुल बितरण गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य अजय कुमार गुप्ता सहितको प्रेस चौतारी नेपाल रौतहट शाखाको टोलीले गौर अस्पतालका ४० जना बिरामीहरुलाइ फलफुल बितरण गरेको हो ।
बिरामीलाइ फलफुल बितरण गदै केन्द्रिय सदस्य गुप्ताले चौतारीले आफनो स्थापना दिवशको अबसर पारेर सराहनिय कार्य गरेको बताएका छन । यसैगरी सोही कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य राजकिशोर यादबले प्रेस चौतारी नेपालले गरेको समाजिक कार्यको प्रंसास गरेका थिए ।
स्थापना दिवशको अबसर पारेर गौर अस्पातलका ४० जना बिरामीलाइ स्याउ,सुन्तला,अंगुर अनार लगायतको फलफुल बितरण गरेको जिल्ला शाखाका अध्यक्ष उत्तम कुमार उपाध्यायले जानकारी दिएका छन ।
फलफुल बितरण कार्यक्रमा प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य रमेश तिमलसिना,संजय मिश्र,नेकपा एमाले मधेश प्रदेश सदस्य बाल बिक्रम कार्की, नेकपा एमाले प्रचार बिभाग रौतहटका सदस्य अशोक पहाडी,नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा,प्रेस चौतारी मधेश प्रदेशका सदस्य बिना श्रीवास्तब,पत्रकार अशोक यादब लगायतको सहभागिता रहेको प्रेस चौतारी रौतहट शाखाका सचिब मुकेश कुमार साहले जानकारी दिएका छन ।
प्रेस चौतारी नेपालको केन्द्रिय सर्कुलर अनुसार प्रेस चौतारीको २६ औ स्थपना दिवशको अबसर पारेर आज रौतहटमा अन्र्तरक्रिया तथा बिरामीहरुलाइ फलफुल बितरणको कार्यक्रम गरेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिनाले जानकारी दिएका छन ।