Wednesday, January 22, 2025

रौतहट लगाएत देशका विभिन्न जिल्लाहरुमा दादुरा-रुबेला विरुद्धको खोप अभियान सुरु

पछिल्लाे समाचार


रौतहट १३ फागुन। आइतवार देखी रौतहट लगाएत देशका विभिन्न जिल्दाहरुमा दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ ।
दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।
सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा केही जिल्लाहरुमा प्रकोप देखिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो ।
सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ ।
खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ८२ हजार ९ सय ९३ बालबालिकालाई दादुरा र रुबेलाको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७ सय ९८ केन्द्रबाट लगाइने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु