Wednesday, January 22, 2025

रेडक्रस रौतहट शाखाको छठौ वार्षिक साधारण सभा सम्पन्न

पछिल्लाे समाचार


राम एकवाल साह /
रौतहट १२ फागुन । नेपाल रेडक्रस सोसाइटी गौरको छठौ वार्षिक साधारण सभा गौर रेडक्रस सभाहलमा सम्पन भएको छ ।
सो साधारण सभामा आ.ब.२०७९ श्रावण देखि ०८०।०८१ को लागि वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम जिल्ला शाखाका मन्त्री धर्मेन्द्र प्रसाद सिंहले प्रतिवेदन प्रस्तुत गरेका छन ।
संगठनात्मक विकास विशिष्ट सदस्य संख्या ९, आजीवन सदस्य संख्या ८ सय ५५, साधारण सदस्य संख्या ३ सय ७, जुनियर युवा रेडक्रस सदस्य संख्या १४ हजार ३ सय २७ रहेको छ ।
उप शाखा १२ वटा, सहयोग समिति ५ वटा, जुनियर युवा रेडक्रस सर्कल संख्या ९५ वटा रहेको मन्त्री सिंहले जानकारी दिएका छन ।
आगलगी पिडित परिवार १ सय ३६ लाई सहायता, सितलहरबाट पिडित १० सय ५ जनालाई कम्बर वितरण र रक्तदान कार्यक्रम विभिन्न संघ संस्थाको तर्फबाट १२ पटक भएको छ ।
त्यस्तै २०७९।०८० का आर्थिक प्रतिवेदन जिल्ला शाखाका कोषाध्यक्ष राम अधार राय यादबले ४२ लाख ८२ हजार २ सय २६ रुपैया ५७ पैसा मध्ये खर्च २८ लाख २९ हजार १ सय ६० रुपैया २५ पैसा खर्च भई हाल नगद तथा बैक मौज्दात अनुमाति आय रु. ४७ लाख २० हजार ८ सय ८९ रुपैया ३२ पैसा मा विभिन्न शिर्षकहरुमा ३३ लाख ६१ हजार खर्च तथा बाकी मौज्दात १३ लाख ५९ हजार ८ सय ८९ रुपैया रहको छ ।
कार्तिक १७ गते भुकम्प बाट पिडित जाजरकोट बझांग, आछामका हजारौ परिवारहरु प्रभावित भएकोले उदार तथा राहत सेवाको लागि गौर बजार एवं बोर्डिग स्कुलबाट चन्दा संकलन ८१, हजार ७ सय र रौतहट जिल्ला शाखाबाट १९, हजार ४ सय १ रुपैया मधेश प्रदेश आठ जिल्लाको मध्ये रौतहट जिल्ला प्रथम भएको जानकारी उनले गराएका छन ।
दुई वर्षको कार्यकालमा ४ कर्मचारी को खर्च गरी १४ लाख संचित गरेको र केन्द्र तथा पालिकाको सहयोगमा शाखामा तालिम हल तथा दुई वटा कोठा विस्तार गरी आर्थिक तथा भौतिक रुपले संस्थालाई समितिको सहकार्यमा मजबुत गरीने बताइएको छ ।
छैठौं जिल्ला शाखाका वार्षिक साधारण सभामा सभापति राजकिशोर प्रसाद यादवले शाखाबाट स्थापना कालदेखि अहिलेसम्म जिल्लामा रहेको सम्पूर्ण आजीवन सदस्यहरुलाई भेला गर्ने बताए ।
सो सभामा दुई दर्जन नयाँ आजीवन सदस्यहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको छ ।
प्रमुख अतिथि मधेश प्रदेश सभाका नेपाल रेडक्रस सोसाइटीका सभापति मो.फुलमहमद मियाले आठ जिल्लामध्ये रौतहट जिल्ला आफ्नो श्रोत साधनमा रचनात्मक काम गरेको र पिडित परिवारलाई केन्द्रमा विवाद भएको कारणले माँग बमोजिम राहत दिनमा असमर्थ रहेको जानकारी दिए ।
विशिष्ट अतिथि केन्द्रिय सदस्य सपुत बहादुर कार्की,
विशिष्ट अतिथि रौतहट जिल्ला शाखाका पूर्व सभापति मो.मजरुलहकले अहिले दुई तल्ले घर भएकोले आफु खुशि भएको यसमा सबै रेडक्रस प्रेमीको सहयोग रहेको बताए ।
स्वागतम मन्त्व्य शाखाका उपाध्यक्ष निलु झा र कार्यक्रम संचालन संजय कुमार यादवले गरेका थिए ।
साधारण सभामा जिल्ला शाखाको सभापति राजकिशोर प्रसाद यादवको अध्यक्षताका प्रमुख अतिथि मधेश प्रदेश सभापति मो.फुलमहमद मियाँ विशिष्ट अतिथि केन्द्रिय सदस्य सपुत बहादुर कार्की, पूर्व सभापति मो.मजरुलहक, पूर्व कोषाध्यक्ष तथा जेठ नागरिक जिल्ला अध्यक्ष विजयकिशोर झा, राष्ट्रिय अनुसन्धानका प्रतिनिति, बीरदल गणका प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी उपाध्यक्ष निलु झा ,मन्त्री धर्मेन्द्र सिंह, कोषाध्यक्ष रामअधार यादव, उपमन्त्री हसरे आलम, उपकोषाध्यक्ष शेख कैमुदिन सहित सदस्यहरु तेजनारायण यादव, बालकिशोर जयसवाल, रामविलास साह, शेख कलामुल्ला, घनश्याम सुन्दर श्रेष्ठ, संजय कुमार यादव, रामएकवाल साह, पुनमदेवी र १२ वटा उपशाखाका सभासदहरु, पत्रकार संजय मिश्र, रमेश तिमलसिना, राकेश यादव, अमित केशरी लगाएतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु