रौतहट ९ फागुन ।भन्सार छली गरेको सर-सामान प्रहरीले बरामद गरेको छ ।
प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा रौतहट यमुनामाई गा.पा. वडा नं. १ र ईशनाथ न.पा. वडा नं.४ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चप्पल, जुत्ता र किराना लगायतका समानहरु बरामद गरेको छ ।
बरामद गरिएको ११ लाख ७२ हजार बरावरको चप्पल, जुत्ता र किराना लगायतका समानहरु फागुन ९ गते कारबाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको डिएसपी एलिजा गिरीले जानकारी दिएका छन ।