Thursday, January 23, 2025

नमुना अंग्रेजी आवासिय माबि चन्द्रपुरको रजत जयन्तीको अवसरमा बिबिध कार्यक्रम र सम्मान

पछिल्लाे समाचार


रौतहट २९ माघ । नमुना अंग्रेजी आवासिय माबि चन्द्रपुर ५ ले रजत जयन्तीको अवसरमा सोमबार शिक्षा, साहित्य र सामाजमा विशेष योगदान पुर्याएका हरु लाई सम्मान गरेको छ ।
सो बिधालयले २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको सुखद उपलक्ष्य तथा गणित, विज्ञान-प्रविधि बिषय, कला प्रर्दशनि र सम्मान कार्यक्रम-२०८० को आयोजना गरेको हो।
शिक्षक,पत्रकार,साहित्यकार,असल अभिभाबक लाई सम्मान गरिएको छ ।
नमुना अग्रेजी आ.बि. चन्द्रपुर ५ को २५ औं बार्षिक उत्सव ( रजत जयन्ती) अवसरमा रौतहट जिल्लामा रहेर २ दशक देखि शिक्षा पत्रकारीताको क्षेत्रमा योगदान गरे वापत रेडियो सुप्रिमका अध्यक्ष तथा अन्नपुर्ण पोष्ट दैनिकका रौतहट समाचार दाता फणि महत सम्मानित भएका हुन ।


यसै गरि अविभावक हरि ब. राइ, गंगा पोखरेल (साह) सम्मानित भएका छन ।
बिधालयमा १६ बर्ष सेवा गरेकी शिक्षिका इश्वरी आचार्य माउन्ट एभरेष्ट अग्रेजी स्कूलका संस्थापक शिक्षिका (हाल मून लाइट)की रुथ दत्त र उनको स्वर्गिय श्रीमान मणी कुमार प्रधान लाई चन्द्रपुर भेगमा संस्थागत विद्यालयको शैक्षिक क्षेत्रमा ४ दशक सम्म अमूल्य योगदान दिई आफ्‌नो जीवनका उर्जाशील समय शिक्षा गरेका दुवै लाई बिधालयले सम्मान गरेको छ ।


रौतहट जिल्ला रही ४ दशक देखि नेपाली साहित्य र शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याउने साहित्यकार माधव काफ्ले लाई सम्मान गरिएको छ ।
बिधालयले स्कूल इन्चार्ज बसन्त सुब्बा,जूनियर इन्चार्ज रमी खतिवडा,शिक्षक इसिए इन्चार्ज प्रज्वला क्षेत्री,शिक्षक मोतीलाल फुयाल,ड्राईभर गोपाल भण्डारी, शिक्षक जानुका चौहान, आया गीता खड्का, शिक्षक आस्था घलान, कमला मगर, सरीता आचार्य, लेखापाल लक्ष्मी कार्की, शिक्षक भावना कोइराला,मन्टेश्वरी इन्चार्ज उमा शाक्य, सफाइ कर्मचारी रामकली चौधरी,मन्टेश्ववरी आया मनिला गिरी,
शिक्षक इसिए इन्चार्ज त्रिपुरारी कुश्वाहा,जुनियर इन्चार्ज अनिष तिमल्सिना प्रशंस पत्र प्रदान गरिएको छ ।


कार्यक्रममा जनज्योती उमाबिका पुर्व प्रधानाध्यापक योगेन्द्र यादव ले नमुना अग्रेजी आवासिय बिधालयले यस भेगमा गुणस्तरीय र जीवनउपयोगी शिक्षा प्रदान गर्दै आएको बताए ।
कार्यक्रमकी प्रमुख अतिथी चन्द्रपुर नपाकी उपमेयर जयमााला चौधरीले नमुना अग्रेजी माबिले समय अनुसारको ब्यवहारीक र सीप मुलक शिक्षा प्रदान गर्दै आएकोमा बिधालयको प्रगतीको शुभ कामना व्यक्त गरेकी छिन ।


बिधालयको रजत जयन्तीको अवसरमा आयोजीत कार्यक्रममा चन्द्रपुर ५ का वडा अध्यक्ष निलहरी कोइराला, जनज्योती उमाबिका ब्यवस्थापन समिती अध्यक्ष नरेश लामीछाने , अभिभावक, शिक्षा प्रेमी, पुर्व शिक्षकहरु, बिधार्थीहरु को सहभागिता रहेको थियो ।
बिधालयका प्रिन्सिपल लोक बहादुर श्रेष्ठले कार्यक्रमका अतिथीहरु लाई माया को चिनो प्रदान गरेका छन ।
रजत जयन्ती कार्यक्रमको समापन समापन समेत प्रिन्सिपल श्रेष्ठले गरेका छन ।

कार्यक्रम संचालन कक्षा १० कि भुमिका चौधरीले गरेकी थिइन ।
रजत जयन्तीको उपलक्ष्य तथा गणित, विज्ञान-प्रविधि बिषय, कला प्रर्दशनि समेत भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु