Wednesday, January 22, 2025

स्वस्तिक सहकारीको आयोजनामा स्वास्थ्य शिविर

पछिल्लाे समाचार


रौतहट, ५ फागुन । स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको १२ औ स्थापना दिवसको अबसरमा वृहत स्वास्थ्य शिविरको आयोजना गरेकाे छ ।
चन्द्रपुर नगरपालिका स्थित जन ज्योती नमूना माध्यमिक विद्यालयमा शनिवार वृहद निशुल्क स्वास्थ शिविरको आयोजना गरिएको छ ।
उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी, स्त्रीरोग, बाल रोग, आँखा रोग, नशा, हाईड्रोशिल, पायल्स,नाक कान घाँटी लगायतका विभिन्न रोगबाट पिडित विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको संस्थाका अध्यक्ष नरेन्द्र राना मगरले बताएका छन ।


स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरको १२ औ स्थापना दिबसको अवसरमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो ।
एलाईट एशिया नेपाल, चन्द्रपुर हस्पिटल प्रालि, नेपाल नेत्र ज्योती संघ गौर आखा अस्पताल, सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च प्रालि, चन्द्रनिगाहपुर अस्पतालको प्राबिधिक सहयोगमा बृहत स्वास्थ्य शिबिर संचालन गरिएको हो ।
सो शिबिरको प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरले उदघाटन गरेकी छिन ।


सहकारीले गरिबी निबारणमा टेवा पुरयाउनुका साथै सामाजिक कार्यमा समेत योगदान गरेको उप सभामुख राना मगरको भनाई छ ।
संस्थाका अध्यक्ष नरेन्द्र रानाको सभापतित्वमा भएको कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेलले खराब सहकारी लाई देखाएर सबै सहकारी लाई दोषी भन्न नहुने धारणा राखेका छन ।
कार्यक्रममा विभिन्न सहकारीका अगुवाहरु , समाजसेवीहरु को उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु