Wednesday, January 22, 2025

साइकल दौड प्रतियोगितामा चन्चला कुमारी प्रथम

पछिल्लाे समाचार


रौतहट ९ फागुन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नम्बर २ बाट बिजयी संघिय संसद उपेन्द्र यादवले राजनितिक र आर्थिक क्षेत्रमा महिलाले समान अवसर पाउनु पर्ने धारणा राखेका छन ।
प्रजातन्त्र दिवसको अवसर परेर राजदेवी मिडिया सेन्टर रौतहटले मंगलवार रौतहट जिल्लाको सदरमुकाम गौरमा ७४ ओ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ११ औँ जिल्लास्तरीय महिला साइकल दौड़ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष यादवले पितृ सत्तात्मक सोचको कारण अहिलेसम्म महिला पछाडी पर्दै आएको धारणा राखेका छन ।
महिला साइकल दौड़ प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिएको बताउँदै अध्यक्ष यादवले सामाजिक परिवर्तनको लागि विभिन्न क्षेत्रमा पुरुष जस्तै महिलालाई पनि सहभागी गराउन सुझाव दिए ।
प्रतियोगितामा १ सय ४० जना सहभागी थिए । फाइनलमा सहभागी भएका २० जना मध्य गौर नगरपालिका– ५ की चञ्चला कुमारी कुश्वाह प्रथम, राजदेवी नगरपालिका– ७ की रानी कुमारी यादव दोस्रो र गौर नगरपालिका– ४ की बबिता कुमारी तेस्रो भएकी छिन् ।
पहिलो विजेतालाई ५० हजार नगदसहित शील्ड, दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार नगदसहित शील्ड र तेस्रो स्थान प्राप्त गर्नेलाई नगद २० हजारसहित शील्ड र प्रमाणपत्र बाट पुरस्कृत गरिएको छ ।
फाइनलमा भाग लिएका लक्ष्मी पटेल, अंशु पटेल, सिमरिखी कुमारी साह, गुड्डी कुमारी, सोफिया खातून, शारदा कुमारी, सुगन्धा कुमारी, कमली कुमारी साह, मौसम कुमारी पासवान, रीता कुमारी, अमिता कुमारी, अनिशा कुमारी साह, गुड़ी कुमारी, अञ्जली कुमारी, आँचल मिश्रा, नन्दनी झा र प्रीति कुमारी साहलाई सान्त्वना पुरुस्कार स्वरुप एक/एक थान साइकल उपहार दिइएको छ ।
आयोजक संस्थाका अध्यक्ष रामपुकार पटेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेश सरकारका खानेपानी राज्यमन्त्री अब्बुल कलाम आजाद फूलबाबु, पूर्वकृषि राजयमन्त्री योगेन्द्र यादव, पूर्वप्रदेश सांसद रामकिशोर यादव, गौर नगरपालिकाका पूर्वउपप्रमुख किरण ठाकुर लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु