प्रेमचन्द्र झा
//राैतहट ९ फागुन । रौतहटको गढिमाई नगरपालिका मलाही टोलबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार बिहान ११ बजेको समयमा सर्लाहीको बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ जादै गरेको नम्बर प्रस्ट नभएको ट्याक्टर दुर्घटना भएको हो ।
ट्रयाक्टर चालक रौतहट गढिमाई न.पा. ९ बस्ने बर्ष ५५ को जय लाल सहनी र वर्ष ५० को राम नाथ सहनी सिटीअस्पताल गरुडा मा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परि गम्भीर धाईते भएका वर्ष १७ को आकाश सहनी र वर्ष ७ का किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि विरगंज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।
वर्ष ६७ को राम प्रसाद सहनीको समान्य उपचार पश्चात घर पठाइएको छ ।
उक्त ट्याक्टमा सवार १७ जना रहेकोमा २ जनाको मृत्यु , ७ जना घाईते मध्ये १ जना उपचार पश्चात डिस्चार्ज भई घर गएको ६ जनाको उपचार भई रहेको र बाकी ८ जनालाई केही नभएको प्रहरीले जनाएको छ ।
अन्य घाईते वर्ष ४८ की गन्धी देवी, वर्ष ४५ की सुखली देवी,वर्ष १८ को नितेश सहनी ,वर्ष १६ की अञ्चला कुमारी सहनीको प्रादेशिक अस्पताल गाैरमा उपचार भई रहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए ।