Wednesday, January 22, 2025

सरस्वतीको मुर्ति बनाउन कालिगढ लाइ भ्याइ नभ्याइ

पछिल्लाे समाचार

रौतहट २४ माघ । श्री पन्चमी अर्थात सरस्वती पूजा नजिकिदै गर्दा रौतहटका मूर्ति बनाउने कालीगढहरू ब्यस्त छन ।
मूर्तिकारहरू विभिन्न आकारका सरस्वतीका मूर्तिहरू बनाउने , रंगरोगन गर्नमा व्यस्त रहेका छन् ।
अधिकाश विद्यालयहरूले मूर्ति बनाउन कालिगढ हरुलाइ जिम्मा दिएका छन् भने किन्न आउनेलाई आकार अनुसार मूर्ति बिक्री गर्दै आएका छन ।
गौर नगरपालिका वडा नम्बर ४ का कालिगढ ओम प्रकाश पण्डितलाई केही दिन अघि देखि भ्याइ नभ्याइ छ ।
सदरमुकाम गौरमा रहेका दुई दर्जन बढी निजी तथा सामुदायिक विद्यालयमा सरस्वती पूजाका लागि राखिने सरस्वतीको मूर्ति बनाउने जिम्मा कालिगढ पण्डीतको छ ।
गौरमा रहेका निजी तथा सामुदायिक विद्यालयहरू संग सरस्वती पूजाका लागि २ हजार देखि २० हजारसम्मका मूर्ति बनाउने जिम्मा लिए‌को उनी बताउछन ।
सरस्वती पूजा नजिकिएसँगै आफूहरूको कामको सिजन नजिकिएकाले अहिले काम गर्न भ्याइ नभ्याइरहेको पण्डितले बताए।
उनी सँगै रिकेश पण्डित र लखेन्द्र पण्डित पनि सरस्वतीको मूर्ति को रंगरोगनमा व्यस्त रहेका छन्।
दुर्गा पूजा, सरस्वती पूजा, विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी आउनु एक महिना अगाडिबाट उनीहरु को मुर्ती बनाउने चटारो शुरु हुन्छ ।
सरस्वती पूजा भएका ले आफूहरुलाई भ्याइ नभ्याई भएको जयनगरका कालिगढ राम एकवाल पण्डितले बताए। मूर्ति बनाएर परिवाल पाल्न सहज भएको राम एकवाल पण्डितको भनाइ रहेको छ।
एक महिना अघिदेखि जिल्लाका विभिन्न बजारमा माटोका मूर्ति बनाउन कालीगढ हरु दिनरात खटिरहेका छन् ।
जिल्लाका निजी तथा सरकारी गरि करीव ५ सय बिधालयले सरस्वतीको मुर्तीको माग गरेको कालिगढहरुको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु