Thursday, January 23, 2025

संचारमाध्यमहरु अभाव,दवाव र प्रभावमा छन

पछिल्लाे समाचार

संचारमाध्यमहरु अभाव,दवाव र प्रभावमा छन
निजगढ ५ फागुन । बारा बाट प्रकाशित हुँदै आएको कृपा दैनिकले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा शनिबार तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
निजगढमा आयोजित एक कार्यक्रमकाबीच कृपा दैनिकले बारा, रौतहट र सर्लाहीका तीन जना पत्रकारलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा बाराकी शारदा पोखरेल, रौतहटका फणी महत र सर्लाहीका ओमप्रकाश ठाकुर रहेका छन् । पोखरललाई १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार गरिएको हो भने महत र ठाकुरलाई ५० हजार राशीको उमादेवी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट संयुक्तरुपमा पुरस्कृत गरिएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्याय, सम्पादक गोकुल घोरसाईनेले पत्रकारहरुलाई पुरस्कृत गरेका थिए । सर्लाहीका पत्रकार ठाकुरले भने आफूले पाएको २५ हजार नगद पुरस्कार स्वास्थ्य समस्याका कारण उपचार गराईरहेका पत्रकार महतलाई हन्तान्तरण गरेका छन ।
सोही अवसरमा कृपा दैनिकले पूर्वसम्पादक राकेश पाण्डे र संवाददता पुष्पराज खतिवडालाई सम्मानित गरेको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले मर्यादित र जनउत्तरदायी पत्रकारितामा जोड दिन आग्रह गरेका थिए ।
समाजको तेस्रो आँखाको रुपमा रहेको पत्रकारिताको मर्म र भावनामा रहेर पत्रकारिता गर्न सकिए सामाजिक न्याय र सुशासन स्थापित हुन टेवा पुग्ने बस्नेतको भनाई थियो ।
कार्यक्रममा सांसद मैनालीले पत्रकारिता क्षेत्रले समाजमा पुर्याउन सक्ने योगदानको चर्चा गरेका थिए । यसैगरी नगर प्रमुख पुरीले व्यवस्था परिवर्तनका लागि संचार क्षेत्रको खेलेको भूमिकाको प्रशंसा गरे ।
सम्मानित पत्रकार महतले कार्यक्रममा बोल्दै मोफसलका पत्रकारहरुलाइ पहिले सिक्न, बिचमा बिक्न र पछि टिक्न समस्या हुने गरेको बताए ।
पछिल्लो समय पत्रकारीताको फोहर एैना मा टासिएको छ कि , पत्रकारको अनुहारमा छ छुट्याउन ढिला भएको उनको धारणा छ ।
पत्रकारीता घर बाट खतरामा र जोखिम मा पर्दै आएको भन्दै नया पुस्ता, पढेलेखेका पुस्ता हरु पत्रकारीतामा आउन छाडेको मा चिन्ता ब्यक्त गरेका छन ।
स्वरोजगार मुखी संचारमाध्यमहरु थप संकटमा पर्दै गएकाले सरकारले त्यस्ता संचार माध्यमलाइ बचाउन प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको पत्रकार महतको धारणा छ ।
पत्रकारहर सधै अभाव, प्रभाव र दवावमा रहने गरेकाले समाजले असल पत्रकार गुमाउदै गएको र नागरीकमा निराशा देखिन थालेको भन्दै उनले चिन्ता ब्यक्त गरेका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईं, केन्द्रीय सदस्य केसी लामिछाने,प्रेस संगठनका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सन्तोष दंगाल, राप्रपा नेपालका नगर कमिटी अध्यक्ष खड्कप्रसाद मैनालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सम्पादक घोरसाईनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक सम्पादक उपाध्यायले स्वागत मन्तब्य राखेका थिए भने सहजीकरण कार्यकारी सम्पादक कृष्णउदास खनालले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु