Wednesday, January 22, 2025

माधव नेपाल घर न घाटको हुदैछन : अध्यक्ष ओली

पछिल्लाे समाचार

रौतहट २५ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारमा गएपछि पैसा छैन भनेर बिकाशका योजना नरोकिने बताएका छन ।
एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको अध्यक्ष ओलीको आरोप छ ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफूले रौतहट आएर राजनीति सुरु गरेको स्मरण गर्दै अध्यक्ष ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोप लगाए।
एमाले ले १५ बर्ष पार्टी प्रमुख बनायो,प्रधानमन्त्री बनायो, तर अहिले एमाले सक्न गठबन्धन घर हो भन्दै हिडेका छन । अध्यक्ष ओलीले भने
अध्यक्ष ओलीले भने ” आफ्नो बनी बनाउ घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै गएका माधव नेपाललाई गठबन्धनले लात हानेर निकालेपछि उनी घर न घाटका हुने छन ।
माधव नेपाल घर न घाटको हुँने अवस्था आउदै गरेको समेत अध्यक्ष ओलीले टिप्पणी गरेका छन ।
रौतहट एतिहासिक जिल्ला रहेको पार्टी भित्रको कमिकमजोरी ,मनमुटाव हटाएर एकताबद्ध हुन उनले आग्रह गरे ।
२०१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुन लालकिल्लाको रुपमा बिरासत फर्काउन उनले एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन ।
२०३० सालमा आफू रौतहट बाट पक्राउ परेको घटना समेत स्मरण गरेका छन ।


देशको जरजर अवस्था आउनुमा गठबन्धन सरकारको कार्यशैली भएकाे ले यो सरकारले देश चलाउन नसक्ने अध्यक्ष ओलीको तर्क छ ।
एमाले को सरकारले निर्माण गरेक‍ो संरचना अहिलेको सरकारले प्रयोग गर्न नसकेको उनको भनाइ छ ।
नदि नियन्त्रण,सिचाइको समस्या समाधान, कृषिको आधुनिकिकरण,बजारीकरण,आवश्यक रहेको पुर्वप्रधानमन्र्ती ओलीको भनाइ छ ।
बन्द भएको श्रीराम सुगर मिल संचालनमा ल्याउन आफुले पहल गर्ने उनको भनाइ छ ।
रौतहटमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली लाइ भब्य स्वागत गरिएको छ ।
एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा भैरहेको छ ।
गरुडामा अध्यक्ष ओली लाई एकसय १ किलो को मालाले गरुडा नपाका मेयर कन्थमणी जयसवाल लगाएत केन्द्रीय नेताहरुले स्वागत गरेका छन ।
दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ ।
कार्यक्रममा एमाले का सचिव योगेश भट्टराई, रधुबिर महासेट, संसद किरण साह , पाेलिटब्युराे सदस्य हरु, केन्द्रीय सदस्यहरु लगाएतका एमालेका विभिन्न तहका नेताहरुको सहभागिता रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु