Thursday, January 23, 2025

नव बिकाश साकोसको अर्धबार्षिक समिक्षा बैठक सम्पन्न

पछिल्लाे समाचार


चन्द्रपुर २० माघ ।रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्थाको अर्ध बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।
शनिबार चन्द्रनिगाहपुरको पशुपति गेष्ट हाउसमा सम्पन्न समिक्षा बैठकले संस्थाले गरेको प्रगति र संस्थाको हालको अबस्था बारे शेयर सदस्यहरुलाइ जानकारी गराइएको थियो ।
संस्थाका अध्यक्ष देब बहादुर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संस्थाले बिगत ६ महिनामा गरेको प्रगति बिबरण संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाइले जानकारी गराएका थिए ।
२०६५ साल मंसिर १० गते दर्ता भएको नव बिकाश साकोसले हाल सम्मको कुल सम्पती ३५ करोड ८ लाख रहेको सो समिक्षा बैठकमा जानकारी गराइएको थियो ।
पुस मसान्त सम्म संस्थाको ५ करोड १९ लाख ४८ हजार ३ सय २६ नगद मौज्दात रहेको, २८ करोड ५ लाख ८६ हजार ऋण प्रवाह रहेको, बित्तिय लगानी तर्फ ३७ लाख ४४ हजार ३ सय ४० रुपैया रहेको संस्थाका मुख्य ब्यबस्थापक प्रसाइले जानकारी दिएका छन ।
संस्थाले राहत बितरण कार्यबिधी,गुनासो सुनवाइ कार्यबिधि,संचालक समितिको बैठक संचालन कार्यबिधि,केक तथा चकलेट बितरण लगायतका कार्यबिधिहरु संचालनमा रहेको उनले जानकारी दिए ।
हाम्रो जिवनको आरम्भ देखी हाम्रो जिवनको अन्त्य सम्म नव बिकाश साकोस हामी संग भन्ने उदेश्यका अनुसार सदस्यको घरमा सन्तान जन्मिदा सुत्केर भेटघाट तथा खुत्रुके बितरण,बाल सदस्यको जन्मदिनमा चकलेट तथा केक बितरण,बिरामी हुदा आकस्मिक सुबिधा प्रदान,सदस्यको मृत्यु हुदा राहत बितरण लगायतका योजनाहरु संचालनमा रहेको ब्यबस्थापक प्रसाइले जानकारी दिए ।
यसैगरी संस्थाका अध्यक्ष देब बहादुर सापकोटाले नव बिकाश बचत तथा ऋण सहकारी संस्थालाइ शसक्त बनाएर अगाडी बढाउन शेयर सदस्यहरु संग सल्लाह र सुझाब माग गरेका छन ।
यो संस्था सम्पुर्ण शेयरधनी कै भएको कारण शेयरधनीको सल्लाह र सुझाब अनुसार संचालनमा रहेको र रहिरहने समेत प्रतिबद्धता गरेका छन ।
सल्लाह र सुझाबकै लागी चन्द्रपुर नगरपालिकाको १० वटै वडामा बिस्तारीत बैठक गरिरहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
यसैगरी युवा लक्षित बितिय साक्षरता कार्यक्रम चन्द्रपुर नगरपालिकाको १२ वटा माबि स्तरीय बिद्यालयमा संचालन गरेको समेत उनले जानकारी दिएका छन ।
बैठकको उदेश्य बारे संस्थाका सचिब राजेन्द्र तिवारीले जानकारी गराएका थिए ।
बैठकमा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,चन्द्रपुर नगरपालिका पशु शाखा प्रमुख दुर्गा चिमरिया,संस्थाका लेखा समितिका संयोजक प्रहलाद गौतम,कानुनी सल्लाहकार बिपिन गौतम,पुर्व संचालकहरु,बिभिन्न उपसमितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
संस्थाका सचिब राजेन्द्र तिवारीको संचालनमा भएको उक्त बैठकमा संचालक समितिकी सदस्य बिमला गौतमले स्वागत मन्तब्य राख्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु