रौतहट, ९ फागुन । बुधवार देखि दुर्गा भगवती गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंहको विशेष पहलमा दुई दिन सम्म मुटु तथा नसा रोगबाट पिडित रहेका विरामीहरुको लागि निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
नेशनल मेडिकल कलेजका बरिष्ट मुटु रोग बिशेषज्ञ डा. जीतेंद्र कुमार मिश्रा, डा. अफरोज अन्सारी, तथा बरिष्ठ स्पाईन नशा रोग बिशेषज्ञ डा सरफरोज अंसारीको टिमद्वारा दुर्गाभगवती गाउँपलिका स्थित सरस्वती माध्यमिक विद्यालयको प्रंगणमा बुधवार र विहिवार दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन भईरहेकाे छ ।
स्वास्थ्य शिविरमा विरामीहरुको विहानै देखि घुइचो लागेको छ ।
निःशुल्क स्वास्थ्य परिक्षणका साथसाथै मुटु तथा छातीमा समस्या भएका विरामीहरुलाई इसिजी, भिडियो एक्सरे इको, सुगर जाँच, ब्लड प्रेसर लगायतको जाँच गरिने तथा आवश्यक्ता अनुसारको औषधीहरु पनि निशुल्क उपलब्ध गराउने पालिका अध्यक्ष शम्भु सिंहले बताए ।
स्वास्थ्य शिविरको उद्धघाटन कार्यक्रममा दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह, उपाध्यइक्ष शिला देवी, नि.प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, वडा अध्यक्षहरु धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, धर्मनाथ चौधरी, स्थानीय समाजसेवी एवं राजनीतिकर्मी राजेश चौधरी, प्राविधिक शाखा प्रमुख हेमन्त झा, स्वास्थ्य संयोजक दिनेश महतो, जिंसी शाखा प्रमुख राजेश दास, पत्रकार प्रभातकुमार झा, लगाएतको उपस्थिती रहेको थियो ।