रौतहट २० माघ । माण्डवी संस्थाले रौतहट र सर्लाहीको ४ पालिकाको ५ सय भन्दा बढि बिपन्न परिवारलाई न्यानो राहत वितरण गरेको छ।
माण्डवी संस्थाको अगुवाई र एफ सी डी ओ र स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा चिसोबाट प्रभावित हरुलाइ राहत वितरण गरीएको संस्थाकि अध्यक्ष अन्जु झाले जानकारी दिएकी छिन ।
माघ १८ गते सम्म रौतहट जिल्लाका गौर नगरपालिकाका १७५ , परोहा नगरपालिका १०८ तथा ईशनाथ नगरपालिका ११७ र सर्लाही जिल्लाका धनकौल गाँउपालिकामा १०० गरी गरी ४ वटा पालिकामा शीतलहर परियोजना अन्तर्गत करिब ५ जनालाई राहत वितरण समपन्न गरेको अध्यक्ष अन्जु झाले बताएकी छिन ।
शितलहर बाट रोजगारी गुमाएका तथा गरिबी ले पीडा झेल्दै आएका प्रत्येक परिवारलाई करिव ८ हजार बराबरको न्यानो कपडा तथा ६ हजार ५ सय नगद रहेको एटिएम कार्ड वितरण गरिएको छ ।
राहत सामाग्रीहरुमा ज्याकेट, उनीका सुईटर, उनीका मोजा, थर्मश, तातो पानी राख्ने थर्मस , सिरक(फोम) २ केजी, सिरक(कपास) ६ देखि १० केजी, पि फम ( ६.५ फिट लम्वाई), त्रिपाल १२/१८, तातो पानी राख्ने (हट वाटर ब्याग), डसना, ऊनको टोपी, बाक्लो मोजा, ऊनको स्वीटर, भित्री न्यानो कपडा(थर्मोकोट सेट), बाक्लो ज्याकेट, बाक्लो टाउजर, बच्चाको न्यानो कपडा(जम्पर), ऊनको पन्जा, चप्पलहरु रहेको माण्डवी संस्थाका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिएका छन ।