रौतहट १९ माघ । जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको ११ ओ क्याम्पस सभा शुक्रवार सम्पन्न भएको छ ।
रौतहट जिल्ला र आसपासमा रहेका विभिन्न जिल्लाहरुमा समेत शैक्षिक जागरण ल्याउने उद्देश्यले २०५८ साल भदौ ५ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी मंसिर ५ गतेबाट औपचारिक रुपमा आफ्नो पठनपाठन शुरु गरेको थियो ।
उक्त क्याम्पसमा स्नातक तहमा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन र शिक्षाशास्त्र ३ वटा शैक्षिक संकायहरु र स्नातकोत्तर तहमा मानविकी तथा सामाजिक संकाय सञ्चालनमा रहेकाे छ ।
क्याम्पसको पक्की भवन, शौचालय सहितको ३ तले संरचना १० वर्ष अघि नै तयार भई सोही भवनमा क्याम्पस संचालन भइरहेको छ भने अगाडि उत्तर तर्फ ५ कोठे सटर पसल र पूर्व बजार तर्फ १३ कोठे सटर सम्पन्न भई भाडामा लगाइएको छ ।
तराई मधेश समृद्धि र चन्द्रपुर नगरपालिकाको आर्थिक अनुदानमा १८ कोठे सटर निर्माण भई भाडामा लगाइएको छ ।
जन ज्योति नमूना माध्यमिक विद्यालयको नाममा रहेको यस क्याम्पस अवस्थित रहेको जग्गा यस क्याम्पसको आफ्नै नाममा ल्याउने प्रक्रियाको लागि नीतिगत व्यवस्थाको लागि समन्वय भइरहेको क्याम्पस का अध्ययक्ष संजय कुमार कार्की जनाएका छन ।
बीस २०८० पुस मसान्तसम्म क्याम्पसको खातामा लगभग २ करोड रुपैया नगद मौज्दात रहेको छ ।
क्याम्पसकाे बाँकी काम क्याम्पस विकासको दीर्घकालिन योजना तर्जुमा गर्ने,क्याम्पसको नाममा क्याम्पस भवन अवस्थित जग्गाको स्थायी स्वामित्व प्राप्त गर्ने ,जग्गा खाली गराई कम्पाउण्ड वाल पूरा गर्ने, कानून संकायमा स्नातक तहको कक्षा सञ्चालनका लागि सम्बन्धन लिने , Β.Β.Α., Β.Η.Μ., B.S.W., B.C.A. जस्ता कार्यक्रमहरु थप गर्ने, १ वर्षे वि.एड. को विकल्पमा सञ्चालन रहेको ३ सेमेष्टरको अधिस्नातक तह (PGD. Ed) कार्यक्रमको सम्बन्धन लिने,विश्वविद्यालय अनुदान आयोगबाट Q.A.A. प्राप्त गर्ने , विद्यार्थीहरुको प्रतिस्पर्धी क्षमताको विकास गर्न आधुनिक प्रविधिमा आधारित विशेष कक्षा सञ्चालन गर्ने ,सेमिनार हल निर्माण गर्ने , छुट्टै चमेना गृह र स्व.वि.यु. भवनको व्यवस्थापन गर्ने , पुस्तकालयलाई गुणस्तर मापदण्डअनुसार व्यवस्थित गर्ने क्याम्पसले जनाएको छ ।
आगामी वर्ष २०८०/०८१ को लागि प्रस्तावित कार्यक्रमहरुमा शैक्षिक विकास तर्फ स्नातक तह व्यवस्थापन तर्फ विद्यार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै स्नातक तहमा •बिबि.ए. बि. बि. एम., बि. ए. एल. एल.वि., बि.सि.ए., बि.एस. डब्ल्यू, पि.जि.डि.एड. लगायत अन्य सम्भाव्य विषयहरु थप गरि कक्षा सञ्चालनका लागि आवश्यक पहल गर्ने , विश्वविद्यालय अनुदान आयोगबाट Q.A.A. मान्यता प्राप्त गर्न प्रक्रियाको सुरुवात गर्ने , समय अनुकुल कम्प्युटर ल्याव तथा पुस्तकालयको विकास विस्तार गर्ने, वैज्ञानिक मापदण्ड निर्माण गरी शिक्षक तथा कर्मचारीहरुलाई पुरस्कार र दण्डको प्रक्रिया पनि अघि बढाउने , विभिन्न अनुसन्धनात्मक कार्यहरु गर्ने ,क्याम्पसको स्थापनाकालदेखि हालसम्मको गतिविधि सहितको एक स्मारिकाको साथै नियमित रुपमा बुलेटिन तथा जर्नलहरु प्रकाशन गर्ने कार्यको सुरुवात गर्ने ,समय समयमा विषयगत सेमिनार सञ्चालन र भिजिटिङ प्रोफेसरहरुद्वारा कक्षा सञ्चालत गर्ने व्यवस्था मिलाउने , विद्यार्थीको प्रतिस्पर्धी क्षमताको विकास गर्न आधुनिक प्रविधिमा आधारित विशेष कक्षा सञ्चालन गर्ने , आन्तरिक परीक्षालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने , क्याम्पसबाट अध्ययन उतीर्ण भइसकेका विद्यार्थीहरुको भेला गराई समिति निर्माण गरी अध्ययनरत विद्यार्थीहरुसँग समन्वय गराउने ,भौतिक पूर्वाधार विकास तर्फ,क्याम्पस हाताभित्र रहेका घर टहराहरुलाई राष्ट्रिय भूमि आयोग, रौतहट जिल्ला समितिसँग समन्वय गरि वैकल्पिक व्यवस्थाका साथ जग्गा खाली गराई कम्पाउण्ड वाल पूरा गर्ने , क्याम्पसको नाममा क्याम्पसको भवन अवस्थित जग्गाको स्वामित्व प्राप्तीको प्रक्रियालाई टुग्याउने,आधुनिक प्रविधिमा आधारित विशेष कक्षा सञ्चालन गर्न र नियमित कक्षाहरुलाई पनि क्रमशः डिजिटल प्रविधिमा लैजान प्राविधिक कक्षाको व्यवस्था गर्ने, विश्वविद्यालय अनुदान आयोग, प्रदेश सरकार, स्थानीय सरकार लगायत सरोकारवाला निकायको आर्थिक सहयोगमा आवश्यकताअनुसार शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुलाई आवश्यक उपकरणको व्यवस्था गर्ने निर्णय गरेको छ ।
संस्थागत विकास तर्फ क्याम्पस विकास कोष क्याम्पसलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन क्याम्पस सञ्चालक समिति, क्याम्पस सभाका सदस्यहरु, प्राध्यापक, कर्मचारी, विद्यार्थी संघ संगठनहरु र स्वदेश तथा विदेशमा रहेका शिक्षा प्रेमीहरुको योगदानमा क्याम्पसका सहयोगी हातहरुबाट उठेका रकमले क्याम्पस विकास कोष खडा गर्ने र सो कोष क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकास र साझेदारी कार्यक्रममा उपयोग गर्ने ,छात्रवृत्ति कोषः क्याम्पसमा अध्ययन गर्ने गरीब, जेहेन्दार, दलित, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख, अपांग वर्गका विद्यार्थीहरुका लागि उपलब्ध गराइदै आएको छात्रवृत्ति कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै यसका लागि क्याम्पसको आन्तरिक स्रोत र अन्य इच्छुक व्यक्ति तथा संघ संस्थाहरुको सहभागितामा छात्रवृत्ति कोष खडा गर्ने ।
क्याम्पस सञ्चालनका लागि सामुदायिक स्तरमै दिगो श्रोत व्यवस्थापन गर्नु पर्ने, दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा दिनु बाब नजिकमा खुलेका क्याम्पसहरुसँग सहकार्य र प्रतिस्पर्धा एकै साथ गर्नु पर्ने जस्ता चुनौतिहरु रहेका छन् भने क्याम्पसको स्थापनाकालदेखि योगदान पुयाउँदै आएका शिक्षाप्रेमीहरुको साथ सहयोग, विश्वविद्यालय अनुदान आयोग लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाबाट प्राप्त हुन सक्ने अनुदान सहयोग, विद्यार्थी तथा अभिभावकहरुमा देखिएका गुणस्तरीय शिक्षा प्राप्तिको चाहना जस्ता कुरालाई ध्यानमा राखी ठोस योजना र इच्छा शक्तिका साथ अघि बढ्ने हो भने भविष्यमा आउन सक्ने चुनौतिका सामना गर्दै अघि बढ्न सकिने संचालक समितीको अध्यक्ष कार्कीको प्रतिवेदनमा उल्लेख छ ।
सभामा क्याम्पस प्रमुख राजन श्रेष्ठद्वारा वार्षिक प्रतिवेदन पेस गरेका छन । २ करोड ३३ लाख रकम क्याम्पसको खातामा रहेको छ।
सो सभाको प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले उदघाटन गर्दै क्याम्पसको सर्बाङ्खिण बिकासमा आफुले सक्दो सहयोग गर्ने बताए ।
उच्च शिक्षाको नाममा बिद्यार्थीहरु पलायन भैरहेको अबस्थामा यस क्षेत्रका क्याम्पसले रोजगारमुलक शिक्षामा जोड दिएर बिदेशिने बिद्यार्थीहरु लाई रोक्न सक्नु पर्ने उनले बताए ।
सोही सभामा प्रतिनिधि सभाका पुर्ब सदस्य कल्याणी खडकाले क्याम्पसले रचनात्मक कार्य गर्दै शैक्षिक र भौतिक पुर्बाधार निर्माण गरेर जिल्लाकै उत्कृष्ट क्याम्पसमा रुपान्तरण भएको बताइन ।
पहिलो संबिधान सभा सदस्य देबेन्द्र पटेलले बर्तमान संचालक समितिले बिद्यार्थीमुखी कार्य गरेको भन्दै बाताबरणमैत्री क्याम्पसको रुपमा स्थापना गर्न सकेको भन्दै प्रंशसा गरेका छन ।
दोस्रो संबिधान सभा सदस्य रामकुमार भट्टराईले क्याम्पसको बिकासका लागि आफु बाट हुने हरप्रकारको सहयोग रहने धारणा राखेका छन।
सोही सभा लाई संस्थापक क्याम्पस प्रमुख योगेन्द्र यादबले क्याम्पसको नाममा जग्गा कायम गर्न आफुले सहयोग गर्ने बताए ।
भुमि सम्बन्धि समस्या आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मिले क्याम्पसको क्षेत्राधिकार भित्र बसोबास गरेका बस्तिका बासिन्दा लाई ब्यबस्थित बसोबास गराएर क्याम्पस लाई जमिन भोग गर्ने बाताबरण बनाउने बताए ।
यस्तै नेकपा एमाले चन्द्रपुर नगरकमिटिका अध्यक्ष शिब प्रसाद आचार्यले बाहिर जान नसक्ने बिद्याथीहरु यस क्याम्पसमा अध्यन गरिरहेकाले उनीहरुको शैक्षिक भबिष्य प्रति संचालक समिति चिन्तित रहेको धारणा राखेका छन ।
यस्तै क्याम्पसका पुर्ब अध्यक्ष एकराज थापाले कठिन परिस्थिती बाट क्याम्पस अघि बढदै भौतिक पुर्बाधार र शैक्षिक गुणस्तरमा अग्रणी रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिब पुरीले क्याम्पसको बृहतर बिकासमा सबै दलका नेता र समाजका प्रभुत्वबर्ग लाग्नु पर्ने बताए ।
सभामा क्याम्पसको बार्षिक प्रतिबेदन अध्यक्ष संजय कार्की, क्याम्पस प्रमुख राजन राजन श्रेष्ठ र कोषाध्यक्षको प्रतिबेदन चिरन्जिबी गौतमले प्रस्तुत गरेका छन ।
सभामा स्वागत मन्तब्य उपाध्यक्ष बालकृष्ण श्रेष्ठको रहेको थियो भने कार्यक्रम संचालन प्राध्यापक संघका अध्यक्ष दिपक प्रसाद पौडेल गरेका थिए ।