Wednesday, January 22, 2025

चामल बोकेको ट्रकबाट ६७ लाख को कपडा बरामद

पछिल्लाे समाचार


रौतहट २४ माघ / गौर बाट संघिय राजधानी लैजादै गरेको चामल बोकेको ट्रक बाट राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको सानेपाबाट अवैध रूपमा भित्र्याएको ६७ लाखको कपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार ट्रकमा कुर्ता सलवार, सारी, धोतीलगायतका तयारी कपडा भेटिएको छ ।
सो ट्रक गौरबाट काठमाडौं आएको थियो । गौरदेखि नै पछ्याएर राजस्वको टोलीले चालकसहित ट्रक नियन्त्रणमा लिएको हो ।
राजस्व अनुसन्धानका कार्यालय, बोर्डर आउट पोस्ट (बीओपी) मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी समेत लाई छलेर तस्ककरी हुने गरेको छ ।
कपडाधनीको खोजी भइरहेको र बरामद कपडाको अनुशन्धान भैरहेको विभागले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु