रौतहट १५ फागुन । स्वच्छ सफा राखौ चन्द्रपुर नगर, यहि छ चन्द्रोदय सहकारीको रहर, भन्ने मुल नाराका साथ चन्द्रोदय साकोसले १६ ओ स्थापना दिवस बनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल ले सहकारीको स्थापना पछि सहकारी को नकारात्मक कुरा चिर्न सहकारी कर्मीहरु नै सकृय भएर बितिय शिक्षा गाउँ गाउमा पुर्याउन जरुरी रहेको बताएका छन ।
अध्यक्ष पोखरेलले रक्तदान मा सस्थाले महत्वपुर्ण योगदान दिदै आएको मा खुशी ब्यक्त गरेका छन ।
खराव ऋणका कारण सहकारी धरापमा परेको र खराब ऋणी साझा शत्रु भएकाले सवै मिलेर त्यसको अन्त्य गर्नु पर्ने धारणा अध्यक्ष पोखरेलको छ ।
विशिष्ट अतिथी चन्द्रपुर नपा सहकारी फाँट प्रमुख नसरे आलमले सस्थाले अझ सामाजीक कार्य गर्दै जाने मा बिश्वास राखेका छन ।
सस्था अगाडि बढ्न सचालक समिती बलियो हुनु पर्ने, सहकारीको मूल्य मान्यता र उदेश्य बुझेका संचालकहरु चन्द्रोदय साकोसमा रहेको मा आलमले खुशी ब्यक्त गरेका छन ।
सो सस्थाका कोषाध्क्ष भिम बिक स्वागत मन्त्व्य राखेका थिए । जन ज्योती उमाबि का अध्यक्ष नरेश लामिछाने ले चन्द्रोदय ले गर्दै आएको सामाजीक काम अझै अगाडि बढोस भन्दै शुभ कामना दिएका छन ।
कार्यक्रममा संचारकर्मी तथा जनज्योती बहुमुखी क्याम्पसका अध्यक्ष संजय कार्कीले चन्द्रोदय साकोसले समाजमा उदारणिय कार्यहरु गर्दै आएको र आउने दिनमा अझै सामाजीक हितमा सकृय हुन सवै संचालकहरु लाई शुभ कामना दिएका छन ।
चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुवास कुमार चौधरी ले चन्द्रोदय साकोस ले यस क्षेत्रमा रगतको अभाव हुन नदिन नियमित रक्तदान गरेर धेरै बिरामी को ज्यान जोगाएको मा धन्यवाद दिएका छन ।
सो सस्थामा करीव ३३ सय सदस्यहरु आवद्द छन । २०६५ साल मा स्थापित संस्था ३५ जनाले ५ हजारका दर को शेयर बाट स्थापना भएको चन्द्रोदय साकोसले १६ ओ बार्षिक उत्सव मनाउन सफल भएको भन्दै सस्थाका अध्यक्ष वसन्त आचार्यले खुशी ब्यक्त गरेका छन ।
सदस्यहरु लाई गुणस्तरीय र छिटो छरितो सेवा दिन सहकारी दिनरात लागि परेको अध्यक्ष आचार्यले बताए ।
हाल संस्थामा २ करोड २० लाख पुजी रहेको छ । सस्थाले रक्तदान, सरसफाइ, पिडामा रहेका लाई सहयोग गर्दै आएको ।
सस्थाका सचिव संजय साह ले कार्यक्रम संचालन गरेका थिए भने ,अध्यक्षता सस्थाका अध्यक्ष वसन्त आचार्य गरेका थिए ।
रौतहटको चन्द्रपुर क्षेत्रको अव्वल सहकारी सँस्था चन्द्रोदय साकोस को १६ ओ स्थापना दिवस अवसरमा संचारकर्मी फणि महत लाई १० हजार एकसय ५ नगद पुरस्कार बाट सम्मान गरिएको छ ।