Thursday, January 23, 2025

चन्द्रपुरमा मगर स्थापना दिवस मनाइय‍ो

पछिल्लाे समाचार

रौतहट १५ फागुन ।नेपाल मगर सँघ को आयोजनामा चन्द्रपुरमा ४२ ओ मगर स्थापना दिवस मनाइएको छ ।
मंगलवार चन्द्रपुर ६ बजार बाट शुरु भएको र्याली चौक हुँदै नगरको मुख्य भागको परिक्रमा गरि मनाइएको चन्द्रपुर १ का पुर्व वडाअध्यक्ष बिरु रखाल मगरले जानकारी दिएका छन ।
र्यालीमा मगर जातीका भेषभुषा र सस्कृती झल्कने पहिरन लगाएर युवा युवतीहरु सहभागी भएका थिए ।
बिस २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
देश तथा विदेशमा रहेका मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाएका छन ।


फागुन १५ मा सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग राख्दै मगर संघले दिवस मनाउँदै आएको छ ।
मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीति रिवाजमात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेकाले आफैमा समृद्ध जाति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण मगर समुदाय पछाडी परेको अगुवाहरुले गुनासो गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु